पुलिस प्रधानमन्त्री कपको फाइनलमा, एपीएफको इतिहासकै कमजोर ब्याटिंग

सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बललाई पराजित गर्दै एपल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ।

हिजो सम्पन्न पहिलो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर-३ लाई पराजित गर्दै फाइनलमा स्थान बनाईसकेको छ। शनिवार हुने फाइनलमा २ विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

Nepal Police Team
Nepal Police Team

पुलिस प्रधानमन्त्री कपको पहिलो संस्करणमा फाइनल पुगेको थियो। फाइनल खेल वर्षाले प्रभावित हुँदा आर्मीसंग उपाधि बाँडेको थियो। दोश्रो संस्करणको उपाधि एपीएफले जितेको थियो।

इतिहासकै कमजोर ब्याटिंग ( हेर्नुस स्कोरकार्ड

खेलमा टस जितेर पुलिसले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको एपीएफले २२.१ ओभरमा ४१ रनमै सबै विकेट गुमाउन पुगेको थियो। ४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ५ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा पुलिसले लगातार विकेट गुमाएको थियो।सुनिल धमला ३, अनिल साह ० , दिलिप नाथ १ तथा दिपेन्द्र ऐरी १३ रन बनाएर आउट हुन पुगे।

त्यसपछि पवन सर्राफले अविजित २१ रन ( १४ बलमा ४ चौका ) तथा आरिफ शेखले अविजित १ रन बनाएर टिमलाई जितसम्म पुर्याए।

एपीएफ बलर बसन्त रेग्मीले ३ विकेट ( ५-०-२०-३ ) तथा शरद भेसावकरले ( ४.३-१-२२-२ ) २ विकेट लिए।

प्रधानमन्त्री कपमा मात्रै हैन एपीएफको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो।

Prithu Baskota( File Photo )

प्रधानमन्त्री कपको कुरा गर्ने हो भने २ वर्ष अघि त्रिभुवन आर्मी क्लबसंग सुदुरपश्चिम विकाश क्षेत्र ५० रनमा अलआउट भएको थियो। उक्त खेल आर्मीले ८ विकेटले जितेको थियो। यस्तै गत संस्करणमा प्रदेश-५ संग कर्णाली प्रदेश ५५ रनमा समेटिएको थियो।

एपीएफको ब्याटिंग 

यस अघि २२.१ ओभरमा सबै विकेट गुमाएको एपीएफका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शरद भेसवकर र पृथु बास्कोटाले समान ७ रन, आसिफ शेख, प्रदिप ऐरी, सुमित महर्जन र दिपेन्द्र रावत समान २ रन, सन्दिप जोराले ५ रन, अमर सिंह रौटेलाले अविजित ६ रन बनाए।

Lalit Rajbanshi

पुलिसको लागि बलिंगमा ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ६ ओभरमा मात्र ८ रन खर्चिए। यस्तै कुशल भुर्तेल ( ५-१-७-३ ) र सागर ढकाल ( ८.१-३-१५-३ ) ले ३/३ विकेट लिए। स्कोरकार्ड 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]