प्रधानमन्त्री कपको उपाधि पुलिसलाई

२०७६ जेष्ठ २५, शनिबार १५:३५

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७६ को उपाधी नेपाल पुलिस क्लबले जितेको छ। टियु मैदानमा सम्पन्न फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित्त गर्दै प्रतियोगिताको उपाधी हात पारेको हो।

उपाधि सहित पुलिसले २० लाख रुपैयाँ हात पार्यो भने आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी र उत्कृस्ट बलर ललित पुलिसका देब्रे हाते स्पिनर ललित राजबंशी घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान आर्मीका राजु रिजाल चुनिए। ललितले उत्कृस्ट खेलाडीको लागि ५० हजार र उत्कृस्ट बलर भए बापत ३० हजार प्राप्त गरे । रिजालले पनि ३० हजार रुपैयाँ पाए। यस अघि आयोजकले उत्कृस्ट खेलाडीलाई मोटरसाइकल समेत दिने तथा उत्कृस्ट ब्याट्सम्यान र बलरलाई ५० हजार रुपैयाँ दिने बताएको थियो तर घोषणा अनुरुप पुरस्कार भने वितरण गरिएन।

पहिले ब्याटिंग गर्दै आर्मीले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले खराब सुरुवात गरेको थियो। टोलीको स्कोर मात्र २ रन हुँदा पुलिसले अनिल साहको विकेट गुमाएको थियो। पहिलो विकेट पश्चात भने उसका अमित श्रेष्ठ र सुनिल धमलाले साझेदारी गर्दै दोस्रो विकेटका लागि ५२ रन जोडे।

लन्चको समय पचि ब्याटिंग जारि राख्ने क्रममा अमित श्रेष्ठ व्यक्तिगत ४४ रन जोड्दै आउट भए। उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। अमितको विकेट पश्चात भने पुलिसको ब्याटिंग धरासायी बन्यो। आरिफ शेख, पवन सर्राफ, दिपेन्द्र ऐरी र कुशल भुर्तेल दोहोरो अंकमा रन जोड्न नसक्दै पभेलियन फर्किंदा पुलिसले १०२ रन जोड्न ६ विकेट गुमाएको थियो।

त्यसपश्चात भने कप्तान मन्जित श्रेष्ठ र सुनिल धमलाले सम्हालिएर ब्याटिङ गर्दै पुलिसलाई जितसम्म पुर्याए।

मन्जित व्यक्तिगत ११ रनमा अविजत रहँदा ओपनर सुनिल धमलाले ४२ रन जोडे। सम्हालिएर ब्याटिङ गरेका सुनिलले १३१ बलमा २ चौका प्रहार गरे।

यसअघि पवन सर्राफ र ललित राजबंशीको ४-४ विकेटको सहयोगमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अन्तर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १२५ रनमा समेटेको थियो।

शनिवार बिहान टियु मैदानमा टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको आर्मीले उत्कृस्ट सुरुवात पाएको थियो। ओपनिंग ब्याटिंग गर्न उत्रिएका सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि ७२ रन जोड्दै आर्मीलाई राम्रो सुरुवात दिएका थिए। प्रतियोगितामा पहिलो पटक ओपनिंग ब्याटिंग गर्न उत्रिएका सोमपालले ३५ रन र राजु रिजालले व्यक्तिगत ३२ रन जोड्दा आर्मीले मात्र १५.५ ओभरमा ७२ रन जोडेको थियो।

१६ औं ओभरको अन्तिम बलमा ललित राजबंशीको बलमा सोमपाल कामी पभेलियन फर्किएसंगै आर्मीको विकेट खस्ने क्रम सुरु भयो। सोमपाल र राजु पश्चात रोहित पौडेल र भिम शार्की बाहेक आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। रोहित व्यक्तिगत १८ र भिम २० रन जोड्दै आउट भए।

पुलिसको बलिंगमा ललित राजबंशी र पवन सर्राफको नाममा समान ४-४ विकेट रह्यो। सर्राफले ७ ओभरमा ४ मेडन सहित १२ रन खर्चिंदा राजबंशी ९.३ ओभरमा १ मेडन सहित ३६ रन खर्चिए। यस्तै सागर ढकालको नाममा १ विकेट रह्यो।

स्कोरकार्ड

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy