गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

२०८० माघ १५, सोमबार १५:१०

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

मुलपानी मैदानमा नेपाल पुलिसले ६ विकेटको जित दर्ता गरेको हो।

गण्डकीले दिएको १ सय ७१ रनको लक्ष्य पुलिसले २४ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि दिलिप नाथले ३९ बलमा ५७ को अर्धशतकीय ईनिङ खेले । नाथले ६ चौका र ४ छक्का प्रहार गरे । विकेट किपर अर्जुन साउदले ४९ बलमा अविजित ४४ रन बनाए ।

ओपनर कुशल भुर्तेलले ६ बलमा २२ रन बनाए ।

गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कमल परियार र कप्तान विपिन खत्रीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३८ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय ७० रन बनाएका थिए ।

गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । करण पंगेनी र कमल परियारले समान ३० रन बनाए । ओपनर समिर कंडेलले ५९ बलमा २९ रन बनाए ।

पुलिसका लागि राशिद खानले ६ ओभरमा २५ खर्चिएर पाँच विकेट लिए । ललित राजवंशी तथा करण केसीले समान दुई तथा कप्तान दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

आजको खेल जितेर पुलिसले दुई खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy