गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

मुलपानी मैदानमा नेपाल पुलिसले ६ विकेटको जित दर्ता गरेको हो।

गण्डकीले दिएको १ सय ७१ रनको लक्ष्य पुलिसले २४ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि दिलिप नाथले ३९ बलमा ५७ को अर्धशतकीय ईनिङ खेले । नाथले ६ चौका र ४ छक्का प्रहार गरे । विकेट किपर अर्जुन साउदले ४९ बलमा अविजित ४४ रन बनाए ।

ओपनर कुशल भुर्तेलले ६ बलमा २२ रन बनाए ।

गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कमल परियार र कप्तान विपिन खत्रीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३८ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय ७० रन बनाएका थिए ।

गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । करण पंगेनी र कमल परियारले समान ३० रन बनाए । ओपनर समिर कंडेलले ५९ बलमा २९ रन बनाए ।

पुलिसका लागि राशिद खानले ६ ओभरमा २५ खर्चिएर पाँच विकेट लिए । ललित राजवंशी तथा करण केसीले समान दुई तथा कप्तान दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

आजको खेल जितेर पुलिसले दुई खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]