प्रो क्लब च्याम्पियनसिप : रोमान्चक खेलमा पुलिस १ रनले पराजित

रोमान्चक खेलमा  विभागीय टोलि नेपाल पुलिस क्लबलाई १ रनले स्तब्ध पार्दै भारत दिल्लीको पुष स्पोर्ट्स भैरहवामा आज सुरु भएको प्रो-क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

सिद्धार्थ रंगशालामा सम्पन्न समुह ‘ए’ अन्तर्गतको खेलमा पुष  स्पोर्ट्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको पुलिसले  पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १३२ रन मात्र बनाउन सक्यो।

खेलको स्कोरकार्ड

पुलिसको ब्याटिंगमा गुल्सन झाले सर्वाधिक ३६ रन बनाए जुन क्रममा २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर पवन सर्राफले सर्वाधिक ३३ रन बनाए भने प्रेम तामांगले २० तथा दिलिप नाथले १९ रन बनाए।

एक समय पुलिसले १०५ रन बनाउदा ४ विकेट गुमाएको थियो। त्यसपछि पुलिसले लगातार विकेट गुमायो। अन्तिम २ ओभरमा जित्न २४ रन आवस्यक हुँदा १९ औं ओभर बलिंग गरेका सचिनले मात्र ६ रन खर्चेर २ विकेट लिए।

अन्तिम ओभरमा जित्न १९ रन आवस्यक हुँदा इशान पाण्डेले गरेको अन्तिम ओभरको पहिलो ३ बलमा गुल्सनले एक चौका र लगातार २ छक्का प्रहार गरे। चौंथो बलमा गुल्सन क्याच आउट भए। त्यसपछि पाँचौ बलमा सागर ढकालले रन बनाउन सकेनन् भने अन्तिम बलमा जित्न ३ रन आवस्यक हुँदा सागरले १ रन मात्र लिन सके।

पुष स्पोर्ट्सका देब्रे हाते स्पिनर सचिन कुमार सिंह एक्लैले ६ विकेट लिने पुलिसको इनिंग्स धरासायी बनाएता पनि जित्न प्रयाप्त रहेन। उनले ४ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए। विशेष सरोहाले २ विकेट तथा इशान पाण्डेले १ विकेट लिए।


टस जितेर ब्याटिंग गरेको पुष स्पोर्ट्स दिल्लीले २० ओभरमा ८ विकेट क्षतिमा १३३ रन बनायो। उसको लागि ओपनर आदित्य जैनले सर्वाधिक ३८, मायाँक गुप्ताले २३, इशान पाण्डेले २१ तथा स्पर्शले अविजित १६ रन बनाए।

नेपाल पुलिस क्लबको बलिंगमा कप्तान मन्जित श्रेष्ठले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन खर्चिए। पवन सर्राफले २ विकेट ततहा करन केसी र सागर ढकालले १/१ विकेट लिए।

खेलको स्कोरकार्ड

प्रतियोगिताको पहिलो खेलमा रुपन्देही क्रिकेट संघ-११ ले मलेसिया क्लब-११ लाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो।

सम्बन्धित :

रुपन्देहीद्वारा मलेसिया-११ स्तब्ध, बसिरको अलराउण्ड प्रदर्शन





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]