शाहब आलम चम्किदा पुलिस १६१ रनमै समेटियो

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नवौं दिनको टियु मैदानमा जारि खेलमा विभागीय टोलिहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गरिरहेकका छन्।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको पुलिसले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६१ रन बनाउदै आर्मीलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ढिलो विकेटमा खराब सुरुवात गर्ने क्रममा पुलिसले पहिलो ३ विकेट २४ रनको योगफलमै गुमाउन पुगेको थियो। प्रतियोगितामा पुलिसको लागि यस अघिको खेल नखेलेका सुनिल धमलाले पहिलो पटक मौका पाउदा त्यसको सदुपयोग गर्न सकेनन् र ५ रन बनाएर आउट भए। यस्तै अघिल्लो खेलमा शतक बनाएका अमित श्रेष्ठ ४ तथा अनिल साह १३ रन बनाएर आउट भए।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र दिलिप नाथले ३७ रनको साझेदारी गरे। दिलिप १४ रन बनाएर आउट भए जस लगत्तै दीपेन्द्र पनि २९ तथा कुशल भुर्तेल ५ रन बनाएर आउट भए।

Aarif Sheikh

९४/७ ( ३१.३ ओभर ) को नाजुक अवस्थामा पुगेको पुलिसको लागि त्यसपछि कप्तान मन्जित श्रेष्ठ र आरिफ शेखले अर्धशतकीय साझेदारी गर्दै योगफल १५० पार गराए। ३४ रन ( ५४ बलमा २ चौका ) बनाएर आरिफ ४६ औं ओभरमा आउट हुन पुगे।

मन्जित श्रेष्ठले ३६ रन बनाएर अन्तिम सम्म अविजित रहे। श्रेष्ठले ६२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

Manjeet Shrestha

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। यस्तै करन केसीले २ ( ९.४-०-३६-२ ) र जितेन्द्र मुखिया, सुशन भारि र कुशल मल्लले १/१ विकेट लिए।

समुह ‘बि’ अन्तर्गत आर्मीले यस अघि ३ वटै खेलमा जित हाँसिल गर्दै सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ भने पुलिसले २ खेलमा २ वटै जित दर्ता गरेको छ।

Karan KC
Kushal Malla
Kushal Malla




थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]