प्रम कप : लुम्बिनी बिरुद्ध दिपेन्द्र हावी हुँदा पुलिसको लगातार तेश्रो जित

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लबले सेमिफाइनल सम्भावना लगभग पक्का गरेको छ। पुलिसले पहिलो र दोश्रो खेलमा प्रदेश-१ र बागमती प्रदेशलाई पराजित गरेको थिओ।

लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई ६ विकेटले हराएको हो । पुलिसलाई जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । बलिङतर्फ ४ विकेट लिएका उनले अविजित ४३ रन बनाए । उत्कृस्ट लयमा रहेका ऐरीले यस अघि बागमती प्रदेश बिरुद्ध १०८ रन बनाउनुको साथै ३ विकेट पनि लिएका थिए भने प्रदेश-१ बिरुद्ध अविजित १२ रन बनाउदै २ विकेट लिएका थिए।

जितका लागि पाएको १८९ रनको लक्ष्य नेपाल पुलिसले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । पुलिसका कप्तानले ४३ रन बनाउने क्रममा ६० बलमा ४ चौका हाने ।

ओपनर ब्याटर सुनिल धमलाले २६ बलमा ३६ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ४१ बलमा ३२ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले ३५ रन बनाए। लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी ४४.२ ओभरमा १८८ रनमा अल आउट भयो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । उनले ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । खनालले अघिल्लो खेलमा बागमती बिरुद्ध पनि अर्धशतक बनाएका थिए।

तेस्रो क्रमका ब्याटर प्रज्वल थापाले २३ रन बनाए । उनले ६२ बलमा २ चौका प्रहार गरे । विशाल विक्रम केसीले ३८ बलमा ३० रन बनाए ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंहले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल र करण केसीले समान २-२ विकेट लिए ।

मधेश प्रदेशको सुखद सुरुवात

मधेश प्रदेशले प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले प्रदेश–१ लाई ७२ रनले हरायो ।

जितका लागि मधेशले दिएको दुई सय १५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१ ४३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४२ रनमा समेटिएको थियो । प्रदेश–१ का लागि लभ कामतले सर्वाधिक २९ रन बनाए।

विवेक आनन्द मेहेताले २५, फिर्दोश अन्सारीले २२, मिनास थापाले १२, सोनु मण्डल र दीपक जोशीले समान ११/११ तथा सोनु अन्सारीले १० रन बनाए । बलिङमा मधेशका मोहमद आदिल आलम, रुपेश सिंह, प्रदिप पासवान र विशाल सुलिङले दुई दुई तथा राजेश यादवले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको मधेशले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १४ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले ६१ रन बनाए । अनिल ‘म्यान अफ दि म्याच’ घोषित भए ।

विवेक यादवले ३२, रुपेश सिंहले ३०, रोहन विकले २८ र कप्तान हरिशंकर शाहले १५ रन बनाए । बलिङमा प्रदेश–१ का फिर्दोश अन्सारीले पाँच विकेट लिए । सिद्धान्त लोहनीले तीन तथा श्रवण यादव र लुभ कामतले एक एक विकेट झारे ।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा जित निकालेसँगै मधेशले दुई अङ्क बनाएको छ । मधेश दोस्रो स्थानमा छ । पराजित प्रदेश–१ तीन खेलबाट दुई अङ्क जोड्दै चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको पुलिसको तीन खेलबाट ६ अङ्क छ ।

अंकतालिका 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]