पुलिसले जित्यो जय ट्रफीको उपाधि

२०८१ माघ ३, बिहीबार १४:१३

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गरेको हो।

पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटियो।

आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए।

यता बलिङतर्फ पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिए।

पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो।

१३२-९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले सात रन थाप्दा बाँकी एक विकेट गुमायो। पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे।

आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। १७० रन बनाएपछि आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy