भारत बिरुद्ध दोश्रो टि-२० को क्रममा आईसीसीको नियम उल्लङ्घन गरेको आरोपमा वेस्टइन्डिज क्रिकेटर काइरन पोलार्डलाई कारवाही गरिएको छ।
पोलार्डलाई आईसीसीको खेलाडी र सपोर्ट पर्सनल कोड अफ कन्डक्ट अन्तर्गत धारा २.४ अन्तर्गत दोषी पाइएको हो। अम्पायरको आदेश नमान्नु यस धारा अन्तर्गत पर्छ। पोलार्डले आफ्नो म्याच फिको २० प्रतिशत जरिवाना तिर्नुपर्नेछ भने १ डीमेरिट अंक समेत सजाय स्वरूप पाएका छन्।
पोलार्डले खेलको दौरान फिल्डिंग गर्न सब्सटिट्युटलाई मैदानमा बोलाएका थिए जबकी अम्पायरले उनलाई पहिलेनै बोलाउनु अघि अम्पायरलाई अनुरोध गर्नुपर्ने बताएका थिए। अर्को ओभरसम्म पोलार्डले पर्खनु पर्ने थियो जुन निर्देशन पोलार्डले मानेनन्।
Kieron Pollard has been fined 20% of his match fee and handed one demerit point for breaching Level One of the ICC Code of Conduct during West Indies’ second T20I game against India ? https://t.co/H8zQBqTaXo
— ICC (@ICC) August 6, 2019
पोलार्डले भने अम्पायरको आरोपलाई अस्विकार गरेका थिए। त्यसपछि म्याच रेफ्री जेफ क्रोले यो घटना बारे सुनवाई गरेका थिए जसपछि पोलार्डलाई दोषी ठहर गरिएको हो। आईसीसीले बताएको छ –
“पोलार्डलाई सुनवाईमा दोषी पाइएको छ। उनले म्याच फिको २० प्रतिशत जरिवाना तिर्नु पर्नेछ भने उनलाई एक डीमेरिट अंक समेत दिईएको छ।” अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ। अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो।

दुइ टिम बीच पहिलो टि-२० को दौरान भारतीय तिब्र गति बलर नभदिप सैनीलाई पनि निकोलस पुरन आउट हुँदा ‘सेन्ड अफ’ इशारा गरेको भन्दै कारवाही स्वरूप डीमेरिट अंक दिएको थियो। उक्त खेलको चौथो ओभरमा २० रन बनाएका निकोलस पुरनलाई विकेटकिपर रिशभ पन्तबाट क्याच आउट गराएपछि सैनीले पुरनलाई बाहिर जानको लागि ‘सेन्ड अफ’ इशारा गरेका थिए।
उक्त खेलमा वेस्टइन्डीज डीएल मेथडबाट २२ रनले पराजित भएको थियो। पहिलो टि-२० मा पनि भारतले ४ विकेटले जित हात पारेको थियो। सिरिज भारतले जितीसकेको छ र अब अन्तिम टि-२० आज राति ८:१५ बजे खेलिनेछ।