पोलार्डले अल-राउण्ड प्रदर्शन गर्दा ट्रिनबागोको लगातार नवौं जित

करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले लगातार नवौं खेलमा जित दर्ता गर्ने क्रममा सेन्ट लुसिया जुक्सलाई २३ रनले पराजित गरेको छ।

ब्रायन लारा स्टेडियम, ट्रिनिडाडमा सम्पन्न खेलमा ट्रिनबागोले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।

सेन्ट लुसियाको लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४२ रन ( २७ बलमा १ चौका र ३ छक्का ) तथा मार्क डेयालले ४० रन ( ३३ बलमा ५ चौका ) बनाए। मोहम्मद नाबीले १७, डेरेन सामीले १४ रन बनाए। डेयाल र फ्लेचरले राम्रो सुरुवात दिलाए पनि दुवै ब्याट्सम्यानलाई पोलार्डले आउट गर्दै ट्रिनबागोलाई खेलमा फर्काएका थिए। त्यसपछि ट्रिनबागो खेलमा हावी बन्यो।

ट्रिनबागोको बलिंगमा काइरन पोलार्डले सर्वाधिक ३ विकेट ( ४-०-३५-३ ) तथा ड्वेन ब्राभो ( ४-०-२६-२ ) र जेडन सीएल्स ( २-०-२१-२ ) ले समान २/२ विकेट लिए।

पोलार्डले ४२ रन बनाउनुको साथै ३ विकेट पनि लिए

पोलार्डको विस्फोटक ब्याटिंग, ब्राभोको अर्धशतक 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा ट्रिनबागोले २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो। उसको लागि डेरेन ब्राभोले सर्वाधिक ५० रन बनाए जुन क्रममा ४२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यस्तै काइरन पोलार्डले २१ बलमा ३ छक्का र ३ चौका मद्दतले ४२ रन बनाए। पोलार्ड र ब्राभोले चौथो विकेटको लागि ६७ रनको साझेदारी गरे। टिम सेफर्ले ३३ तथा टायन वेब्स्टरले २० रन बनाए।

सेन्ट लुसियाको बलिंगमा स्कट कग्लेजिनले २ विकेट तथा केसरिक विलियम्स, जहिर खान र कप्तान डेरेन सामीले समान १ विकेट लिए।

अंकतालिका 

लगातार नवौं जितपछि ट्रिनबागो अंकतालिकामा १८ अंक सहित शिर्षस्थानमा रहेको छ। पहिलो स्थानमा रहँदै पोलार्ड कप्तानीको टिम सेमीफाइनल प्रवेश गरिसकेको छ। हार पछि सेन्ट लुसिया ९ खेलमा ५ जित र ४ हार पछि १० अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ। गायना अमेजन वारियर्स १२ अंक सहित दोश्रो तथा जमैका ७ अंक सहित चौथो स्थानमा रहेको छ। सबै टिमले १० खेल खेलीसकेपछि उत्कृस्ट हुने ४ टिम सेमीफाइनल प्रवेश गर्नेछ। सेमीफाइनलमा अंकतालिकामा पहिलो हुने टिम र चौथो हुने टिम तथा दोश्रो र तेश्रो हुने टिम बीच प्रतिस्पर्धा हुनेछ।

जमैकाले बाँकी २ खेलमा जित हात पार्ने र सेन्ट लुसियाले दुवै खेल हार्ने हो भने जमैका अंकतालिकामा तेश्रो स्थानमा उक्लनेछ। सेन्ट लुसियाले अन्तिम खेल जमैकासंग आइतबार राति खेल्नेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/alochana-pachi-azam-le-wn20/

https://wicketnepal.com/lpl-t20-in-november-announc-wn20/

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]