पोंटिंगको नजरमा कुन टिम हो विश्वकप जित्ने दावेदार

एकदिवसीय विश्वकप आउन केहि दिन मात्रै बाँकी हुँदा बिभिन्न क्रिकेट पण्डितहरुले विश्वकप कसले जित्ने बारे धारणा व्यक्त गरिरहेका छन्।

मे ३० देखि इंग्ल्याण्डमा सुरु हुने विश्वकपमा आयोजक इंग्ल्याण्ड सहित, भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोलि सहभागी हुँदैछन्।

अस्ट्रेलियालाई सन् २००७ र २००३ गरि २ पटक विश्वकप उपाधि दिलाएका कप्तान रिकी पोंटिंगले विश्वकप अघि आफ्नो धारणा व्यक्त गर्ने क्रममा आयोजक इंग्ल्याण्डलाई उपाधिको दावेदार मानेका छन्।

इंग्ल्याण्डलाई विश्वकपको दावेदार मान्नुको पछाडी पोंटिंगले उसको वर्तमान उत्कृस्ट फर्मलाई मान्छन् भने आफ्नै घरेलु मैदानमा हुनु पनि आएन मोर्गनको टिमको बलियो पक्ष हो।

“२ कारणले इंग्ल्याण्ड दावेदार टिम हो। इंग्ल्याण्डले सिमित ओभरको क्रिकेट उत्कृस्ट खेल्न थालेको छ र झन् यो पटक आफ्नै धर्तिमा विश्वकप आयोजना हुँदैछ। प्राकृतिक रुपमा उनीहरुसंग होम एडभान्टेज हुनेछ” पोंटिंगले टाइम्स अफ इन्डियासंगको कुराकानीमा बताएका छन्।

इंग्ल्याण्डलाई उपाधि दावेदार मान्दै गर्दा पोंटिंगले भारत र अस्ट्रेलियाले इंग्ल्याण्डको उपाधि जित्ने बाटो मुस्किलो बनाउने बताए- “तर इंग्ल्याण्डलाई भारत र अस्ट्रेलियाले च्यालेन्ज गर्नेछ”

“विश्वकपमा इंग्ल्याण्ड नम्बर-१ एकदिवसीय टिमको रुपमा सहभागी हुँदैछ। भर्खरै पाकिस्तानलाई ४-० ले पराजित गरिसकेको छ र उसका ब्याट्सम्यानहरुले लगातार ३४० माथिको योगफल तयार गरिरहेका छन्।”

RIcky Ponting

विश्वकपको फर्म्याटले सबै देशहरुलाई उपधि जित्ने बराबरी मौका दिएको र दक्षिण अफ्रीका, पाकिस्तान, वेस्ट इन्डिज जस्ता टिमले उत्कृस्ट टिमहरुको पार्टी बर्बाद गर्न सक्ने पोंटिंगले बताए –

“उनीहरु पनि राम्रो छन् त्यसैले यो विश्वकप सबै टिमको लागि खुला रहेको छ। इंग्ल्याण्ड स्पस्टरुपमा प्रिय टिम हो तर अरु टिम पनि छन् जसले अस्चार्यजनक नतिजा ल्याउन सक्छन्।”

२०१५ विश्वकप उपाधि जितेको अस्ट्रेलियाको बारेमा बोल्दै उनले आरोन फिन्च कप्तानीको टिमलाई कमजोर नआंक्न बताउदै स्टिभ स्मिथ र डेभिड वार्नरको आगमन ले टिम झनै बलियो भएको दावी गरेका छन्।

“२ क्रिकेटर ( स्मिथ र वार्नर  ) टिममा फर्किनुले अस्ट्रेलियाको विश्वकप जित्ने सम्भावना अझ बलियो भएको छ। उनीहरु नहुँदा अस्ट्रेलियाले राम्रो पर्दर्शन गर्न सकेन। म विश्वस्त छु, म मात्रै हैन, सम्पूर्ण टिमनै उनीहरु फर्किदा उत्साहित छन्”

धेरैले पढेकोविश्वकपको पुरस्कार राशि घोषणा, पढ्नुस नेपाली रुपैयाँमा कति पाउनेछ विजेताले

१२ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट मे ३० देखि जुलाई १४ सम्म आयोजना हुँदैछ। प्रतियोगिताको लिग चरणमा सबै १० टिमले एकअर्का संग १/१ खेल खेल्नेछन् जसपछि उत्कृस्ट-४ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। सबै टिमले एकअर्का बिरुद्ध खेल्दा एउटा टिमले कुल ९ खेल र समग्रमा सबै टिमले कुल ४५ खेल खेल्नेछन्।

 

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]