निकोलस पुरनको विस्फोटक इनिङ्गको बाबजुत सिल्हेट सजिलै पराजित , ढाका अपराजित

  • विकेटनेपाल, पुष २८ – शनिवार 

बंगलादेश प्रिमियर लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा सन्दिपको टिम टिम सिल्हेट सिक्सर्स शाकिब अल हसनको टिम ढाका डाइनामाइट्ससंग ३२ रनले पराजित भएको छ।

जितसंगै ढाकाले चौथो खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको छ। सिल्हेटले भने ३ खेल खेल्दा २ खेलमा हार र एउटा खेलमा जित हात पारेको छ र अंकतालिकामा पाँचौ स्थानमा रहेको छ।

शेरे बाङ्ग्ला मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको ढाकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको थियो। उसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका रोनी तालुकदारले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ३४ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। यस्तै सुनिल नारायण र नईम शेखले समान २५ रन र कप्तान शाकिबले २३ रन बनाए।

सिल्हेटको लागि तास्किन एहमदले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा ३८ रन खर्चिए। यस्तै सोहेल तन्बिर, अल अमिन होसेन, आलोक कपाली र अफिफ होसेनले १/१ विकेट लिंदा सन्दिप लामिछाने भने विकेट विहिन रहे।

Sandeep Lamichhane

१७४ रनको लक्ष्य पछ्याउने क्रममा सिल्हेटले अत्यन्त खराब सुरुवात गर्यो र पहिलो ५ विकेट ३७ रनको योगफलमै गुमाउन पुग्यो। डेभिड वार्नर ७ रन, लिटन दास ९ रन, अफिफ होसेन ४ रन, नासिर होसेन १ रन तथा सब्बिर रहमान १२ रन बनाएर आउट भए।

छैठौं नम्बरमा ब्याटिंग गर्न आएका निकोलस पुरनले त्यसपछि आक्रामक इनिंग खेल्दै टिमलाई जितको आशा दिलाए पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा सिल्हेटले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो।

पुरनले विस्फोटक ब्याटिंग गर्ने क्रममा ४७ बलमा ९ छक्का र १ चौका प्रहार गरे। तस्किन एहमदले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। सन्दिप १ रन बनाएर आउट भए।

सिल्हेटलाई लक्ष्यमा पुग्नबाट रोक्न ढाका बलर रुबेल होसेनले सर्वाधिक ३ विकेट ( ३-०-२२-३ ) लिए भने कप्तान शाकिब ( ४-०-३४-२ ) र शुभगता होम ( ३-०-२८-२ ) ले २/२ विकेट लिए। सुनिल नारायणले १ विकेट ( ३-०-१३-१ ) लिए।

सिल्हेटले प्रतियोगितामा आगामी खेल जनवरी १५ तारिक मंगलबार कोमिल्ला भिक्टोरियन्सको सामना गर्नेछ। खेल नेपाली समय ६:१५ बजे बेलुका सुरु हुनेछ।

सन्दिप लामिछानेको प्रदर्शन 

बंगलादेश प्रिमियर लिग अन्तर्गत लगातार दोश्रो खेलमा सन्दिप लामिछाने विकेट विहिन बने।

सन्दिपको पहिलो ओभर – १२ रन ( १ २ ६ १ १-लेगबाई १ ) 

आठौँ ओभरम पहिलो ओभर बलिङ्ग गर्न आउने क्रममा सन्दिपको तेश्रो बलमा रोनी तालुकदारले बिशाल छक्का प्रहार गरे। अन्य बलमा भने सन्दिपले कसिलो बलिङ्ग गरे र बाउन्ड्री दिएनन्।

सन्दिपको दोश्रो ओभर – ८ रन ( १ १ ० २ ४ ० ) 

राम्रो बलिङ्ग गरेका सन्दिपको पाँचौ बलमा शाकिब अल हसनले स्विप गर्दै चौका प्रहार गरे। अन्य बलमा सन्दिपले ब्याट्सम्यानलाई खुल्न दिएनन्।

सन्दिपको तेश्रो ओभर – ६ रन ( ० ४ १ ० ० १ ) 

१४ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको दोश्रो बलमा आन्द्रे रसेलको ब्याटको बाहिरी किनारा लाग्दा चौका गएको थियो। त्यसपछि चौथो बलमा पोलार्ड स्टम्प आउट हुनबाट थोरैले बचेका थिए। ओभरमा सन्दिपले ३ डट बल गरे।

Sandeep Lamichhane

सन्दिपको चौथो ओभर – ८ रन ( १ ० ० ६ ० १ ) 

३ ओभरसम्म विकेट विहिन रहेका सन्दिपले चौथो ओभरमा पनि विकेट लिन सकेनन्। ओभरको चौथो बलमा नईम शेखले सन्दिपको ओभर पिच बललाई  लंग-अनमा छक्का प्रहार गरे। ३ बल डट गरेका सन्दिपले २ वटा १/१ रन दिए।

अघिल्लो खेलमा पनि विकेटविहिन रहेका सन्दिप लगातार दोश्रो खेलमा विकेट विहिन भए भने बिगत भन्दा महँगो पनि सावित भए। ४ ओभरमा सन्दीपले कुल ३३ रन खर्चिए। बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा सन्दिपले कोमिल्लासंग २ विकेट लिएका थिए भने किफायती बलिङ्ग पनि गरेका थिए जसपछि चितागोङ्गसंग दोश्रो खेलमा २१ रन खर्चेर विकेट लिन सकेका थिएनन्।

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]