नेपालका लागि प्लेयर अफ द म्याच जित्ने खेलाडीहरु

२०८१ श्रावण २९, मंगलवार १५:४७

काठमाडौं । २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबिचमा धेरै उपलब्धी हात पारेको छ ।

यसबिचमा नेपालले धेरै कीर्तिमानहरु कायम गरेको छ । यसबिचमा नेपालले ३४ खेलमा जित हात पारेको छ । यि ३४ खेलमा फरक फरक खेलाडीहरु चम्किएका छन् । ३४ खेल जित्दा नेपालले ३३ ओटा प्लेयर अफ द म्याच अवार्ड पाएको छ । ३३ प्लेयर अफ द म्याच अवार्ड १३ खेलाडीले जितेका छन् ।

नेपालबाट हालसम्म प्लेयर अफ द म्याच बनेका खेलाडीको सुची यसप्रकार रहेको छ ।

१) रोहित कुमार पौडेल र आसिफ शेख – ५ पटक
२) करण केसी, कुशल भुर्तेल, सन्दीप लामिछाने – समान ४ पटक
३) सोमपाल कामी, गुसन झा र दीपेन्द्रसिंह ऐरी – समान २ पटक
४) भीम सार्की, पारस खड्का, आरिफ शेख, अनिल कुमार शाह र कुशल मल्ल – समान १ पटक

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy