सन्नी र पारसको इनिंगमा चितवनले जोड्यो १४० रन : पिपिएल टि-२०

Paras Khadka

पोखरा प्रिमियर लिग अन्तर्गत चौथो दिनको दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टन भिड्दै छन्। चितवनको कप्तानी पारस खड्काले गर्दैछन् भने पोखरा शरद भेसवाकरको कप्तानीमा रहेको छ।

खेलको पहिलो इनिंगको समाप्तिमा चितवनले ५ विकेट गुमाएर १४० रनको योगफल तयार गर्न सफल रहेको छ। चितवनका सन्नी पटेलले सर्वाधिक ४६ तथा पारस खड्काले ४४ रनको योगदान गरे।

Bikram Bhusal
Bikram Bhusal

अविजित रहँदै ब्याटिंग गरेका सन्नीले २७ बलमा ३ चौका र समान छक्का प्रहार गरे। यस्तै पारसले ४४ रन जोड्न समेत समान ३ चौका र ३ छक्का प्रहार गरे।

यसअघि सोनु तामांग व्यक्तिगत २१ रन तथा अनिल साह १६ रनको स्कोरमा पभेलियन फर्किएका थिए।

पोखराको बलिङ्गमा बिक्रम भुषालले सर्वाधिक २ विकेट (३-०-३३-२) हात पारे। यस्तै मेहबुब आलम, मोहम्मद नबिद र शरद भेसवाकरको नाममा समान १-१ विकेट रह्यो।

Pokhara Stadium




थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]