सन्नी र पारसको इनिंगमा चितवनले जोड्यो १४० रन : पिपिएल टि-२०

पोखरा प्रिमियर लिग अन्तर्गत चौथो दिनको दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टन भिड्दै छन्। चितवनको कप्तानी पारस खड्काले गर्दैछन् भने पोखरा शरद भेसवाकरको कप्तानीमा रहेको छ।

खेलको पहिलो इनिंगको समाप्तिमा चितवनले ५ विकेट गुमाएर १४० रनको योगफल तयार गर्न सफल रहेको छ। चितवनका सन्नी पटेलले सर्वाधिक ४६ तथा पारस खड्काले ४४ रनको योगदान गरे।

Bikram Bhusal
Bikram Bhusal

अविजित रहँदै ब्याटिंग गरेका सन्नीले २७ बलमा ३ चौका र समान छक्का प्रहार गरे। यस्तै पारसले ४४ रन जोड्न समेत समान ३ चौका र ३ छक्का प्रहार गरे।

यसअघि सोनु तामांग व्यक्तिगत २१ रन तथा अनिल साह १६ रनको स्कोरमा पभेलियन फर्किएका थिए।

पोखराको बलिङ्गमा बिक्रम भुषालले सर्वाधिक २ विकेट (३-०-३३-२) हात पारे। यस्तै मेहबुब आलम, मोहम्मद नबिद र शरद भेसवाकरको नाममा समान १-१ विकेट रह्यो।

Pokhara Stadium

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy