शरदको पल्टनलाई १४४ रनमा रोक्न कमल ऐरीको ४ विकेट : पिपिएल : टि-२०

Kamal Singh Airee
  • विकेटनेपाल – १६ कार्तिक, शुक्रवार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा धनगढी ब्लुज र पोखरा पल्टन भिड्दै छन्। महत्वपूर्ण खेलमा धनगढी र पोखरा दुबैलाई जितको आवश्यकता रहेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिंगको निर्णय लिएको पोखराले पहिलो इनिंगको समाप्तिमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको छ। पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान गरे।

Rohit Poudel
Rohit Poudel

सुरुवाती विकेट गुमाएको पोखराका लागि रोहितले २१ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडे। यस्तै रभी इन्दर सिंहले व्यक्तिगत २८ रन बनाउन २६ बलमा २ चौका र समान छक्का प्रहार गरे।

आशा गरेका ठूला नामहरुले प्रदर्शन गर्न नसक्दा पोखरा ठूलो स्कोर जोड्नबाट चुक्यो। पोखराका लागि शरद भेसवाकर १४, आसिफ शेख २३, बिनोद भण्डारी ७ र मेहबुब आलम ० रनमा पभेलियन फर्किए।

इनिंगको अन्त्यतर्फ पोखराका राशिद खानले ८ बलमा १५ रन तथा बिक्रम भुषालले ३ बलमा ८ रन जोडे।

Ravi Inder Singh
Ravi Inder Singh

धनगढीको बलिङ्गमा कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ४ ओभरको स्पेलमा कमलले १ मेडन सहित २३ रन खर्चिएर रभी इन्दर सिंह, मेहबुब आलम, बिनोद भण्डारी र मोहम्मद नाबेदलाई पभेलियन फर्काए।

यस्तै रोबिन क्षेत्रि, पिटर ट्रेगो र डेनिएल लरेन्सको नाममा समान १-१ विकेट रह्यो।

प्रतियोगितामा ३ खेल खेलेको पोखरा ४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ। यस्तै ४ खेल खेलेको धनगढीले ४ अंक जोडेपनि तालिकाको पाँचौं स्थानमा रहेको छ।

 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]