दिपेन्द्र ऐरीको सानदार फिनिशिंगमा धनगढीको रोमान्चक जित : पिपिएल टि-२०

Dhangadi Blues
  • विकेटनेपाल – १६ कार्तिक, शुक्रवार (पोखरा)

कप्तान दिपेन्द्र सिंह ऐरीले सानदार ब्याटिंग गर्दै २६ बलमा अविजित ४९* रन जोडेपछि पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रवारको पहिलो खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिंग गर्दै पोखराले दिएको १४५ रनको लक्ष्य धनगढीले १ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गर्यो। धनगढीलाई जिताउन दिपेन्द्र ऐरीले ४९ रन बनाउन २६ बलमा ४ चौका र समान छक्का प्रहार गरे।

Dipendra Singh Airee
Dipendra Singh Airee

त्यसक्रममा उनले जितका लागि अन्तिम ओभरमा १४ रनको आवश्यकता रहँदा मेहबुब आलमले गरेको ओभरबाट १७ रन बटुले।

त्यसअघि लक्ष्य पछ्याउने क्रममा धनगढीका पिटर ट्रेगोले ५३ रनको योगदान गरेका थिए। ३४ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए।

यस्तै सूबेन्दु पाण्डे २२ रनको स्कोरमा पभेलियन फर्किंदा अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Dipendra Singh Airee
Dipendra Singh Airee

पोखराको बलिङ्गमा राशिद खानले सर्वाधिक ४ विकेट (४-०-२४-४) लिएपनि जित दिलाउन सकेनन्। यस्तै ललित राजबंशी र बिक्रम भुषालको नाममा समान २-२ विकेट रह्यो।

यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिंगको निर्णय लिएको पोखराले पहिलो इनिंगको समाप्तिमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो। पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान गरेका थिए।

Rohit Poudel
Rohit Poudel

सुरुवाती विकेट गुमाएको पोखराका लागि रोहितले २१ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडेका थिए । यस्तै रभी इन्दर सिंहले व्यक्तिगत २८ रन बनाउन २६ बलमा २ चौका र समान छक्का प्रहार गरेका थिए ।

आशा गरेका ठूला नामहरुले प्रदर्शन गर्न नसक्दा पोखरा ठूलो स्कोर जोड्नबाट चुकेको थियो। पोखराका लागि शरद भेसवाकर १४, आसिफ शेख २३, बिनोद भण्डारी ७ र मेहबुब आलम ० रनमा पभेलियन फर्किएका थिए।

Ravi Inder Singh
Ravi Inder Singh

इनिंगको अन्त्यतर्फ पोखराका राशिद खानले ८ बलमा १५ रन तथा बिक्रम भुषालले ३ बलमा ८ रन जोडेका थिए।

धनगढीको बलिङ्गमा कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए। ४ ओभरको स्पेलमा कमलले १ मेडन सहित २३ रन खर्चिएर रभी इन्दर सिंह, मेहबुब आलम, बिनोद भण्डारी र मोहम्मद नाबेदलाई पभेलियन फर्काएका थिए।

यस्तै रोबिन क्षेत्रि, पिटर ट्रेगो र डेनिएल लरेन्सको नाममा समान १-१ विकेट रहेको थियो।

Dipendra Singh Airee
Dipendra Singh Airee
Mahaboob Alam
Mahaboob Alam
Lalit Rajbansi
Lalit Rajbansi




थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]