सन्दिपको टाईटन्सले रोक्ला त सरदको पल्टनलाई ? – पिपिएल टि-२०

२०७५ कार्तिक ९, शुक्रबार ०९:०४

  • विकेटनेपाल-९ कार्तिक, शुक्रवार

पोखरामा शुक्र्वारबाट पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० को सुरुवात हुँदैछ। ६ टोलि सम्मिलित प्रतियोगिताको पहिलो खेलमा बिराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्नेछ।

सन्दिप लामिछाने मार्की तथा कप्तान रहेको बिराटनगर टाईटन्समा युवा तथा अनुभवी खेलाडीहरुको उपस्थिति छ। सन्दिपसंगै टोलीमा शाहब आलम, दिपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो जस्ता अनुभवी र प्रतिभाशाली बलर रहेकाले पनि बिराटनगरको बलिंग युनिट बलियो देखिन्छ।

टोलीको ब्याटिंग लाइनमा भने केहि अनुभवी नाम रहेपनि लयमा रहेका धेरै ब्याट्सम्यान नहुँदा बिराटनगरको ब्याटिंगको सिंगो जिम्मा प्रदिप ऐरी, राजु रिजाल र सुनिल धमला जस्ता ब्याट्सम्यानमा रहने छ।

टोलिले ब्याटिंगलाईन सुधार्नकै लागि भारतको तामिल नाडूका एन्टोन एन्ड्रयु सुबिक्षनलाई बिदेशी खेलाडीको रुपमा भित्र्याएको छ। एन्ड्रीयुले तामिल नाडु प्रिमियर लिगको अनुभव बटुलीसकेका छन्। बिराटनगरका लागि खेल्ने अर्का बिदेशी खेलाडीभने आइपुग्न समय लाग्ने टिम स्रोतले जनाएको छ।

उता घरेलु टोलि पोखरा पल्टन भने सरद भेसवाकरको कप्तानीमा बलियो टोलीका रुपमा उभिएको छ। यसअघि एभरेस्ट प्रिमियर लिग र नेपाल प्रिमियर लिग जस्ता ठूला प्रतियोगिता जिताईसकेका कप्तान सरदको उपस्थितिमा टोलि सन्तुलित देखिएको छ।

टोलीमा ललित राजबंशी, राशिद खान, बिक्रम भुषाल, मेहबुब आलम जस्ता खेलाडीको उपस्थितिमा बलिंग युनिट अत्यन्तै बलियो देखिन्छ। यस्तै कप्तान सरद स्वयं समेत घरेलु क्रिकेटमा बलिंगका लागि सफल मानिने गर्छन्।

पल्टनको ब्याटिंग लाइनमा रोहित पौडेल, बिनोद भण्डारी, कुशल भुर्तेल, आसिफ शेख, सरद भेसावाकर जस्ता आक्रामक खेलाडीहरु रहेका छन्। टोलीले आफ्ना दुई बिदेशी खेलाडीका रुपमा युएईका तिब्र गतिका बलर मोहम्मद नबिद र भारतीय खेलाडी रबि इन्द्र सिंहलाई भित्राएको छ।

स्क्वाड :

पोखरा पल्टन ( मार्की प्लेयर – शरद भेसावकर )

खेलाडी– रोहित पौडेल, बिनोद भण्डारी , ललित राजबंशी , राशिद खान , कृष्ण कार्की , कुशल भुर्तेल  , बिक्रम भुसाल , मेहबुब आलम , आसिफ शेख , दिब्यान्शु मलिक , इशान पाण्डे

बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्द्र सिंह (भारत)

लोकल आइकन खेलाडी : दिपेश खत्री, सुमन घिमिरे

विराटनगर टाईटन्स ( मार्की प्लेयर – सन्दिप लामिछाने )

खेलाडी – दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया  , राजेश पुलामी  , किशोर महतो  , पुष्प थापा  , प्रदिप ऐरि  , राजु रिजाल  , जितेन्द्र सिंह ठकुरी , सुनिल धमला  , रबिन जोशी  , हिमांशु दत्ता

बिदेशी खेलाडी : एन्टोन एन्ड्रयु सुबिक्षन (भारत, तामिल नाडु प्रिमियर लिग)

लोकल आइकन खेलाडी : मिनाश थापा, लब कामत

कस्तो छ पिच ? :

पोखरा प्रिमियर लिगका लागि आयोजकले पोखरा रंगशालामा ४ वटा नयाँ पिच तयार गरेको छ। पिच रातो माटोको रहेकाले स्पिन बलरहरुलाई सहयोगी हुने देखिएको छ। यध्यपी पिचमा थोरै मात्रामा घाँस समेत रहेकाले बिहानको समय तिब्र गतिका बलरहरुका लागि समेत पिचले सहयोग पुर्याउने अपेक्षा राखिएको छ।

विकेटनेपालसंगको कुराकानीका क्रममा दुवै टोलि बिराटनगर टाइटन्स र पोखरा पल्टनका कप्तानहरुले पिच नयाँ भएकाले केहि अनुमान लगाउन नसकिने र खेलेर मात्र थाहा हुने बताएका छन्। उद्घाटन समारोह पश्चात खेल बिहान ११:०० बजे बाट सुरुहुने छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy