पीपीएल अक्सनमा १७९ खेलाडी, कति हुनेछ खेलाडीको मूल्य ?

  • विकेटनेपाल,असोज १२ 

कार्तिक ९ गते देखि २० गतेसम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग टि-२० खेल्न १ सय ७९ जना खेलाडीहरुले नाम दर्ता गराएको आयोजक क्विन्स इभेट्सले सार्वजनिक गरेको छ।

पोखरा प्रिमियर लिगले बिहिबार पत्रकार सम्मेलन गर्दै ६ वटा टिम र मार्की प्लेयरको घोषणा गरेको थियो। जस अन्तर्गत चितवन राइनोजको ओमार्की प्लेयर पारस  खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

अक्सन असोज १४ गते 

प्रतियोगिताको लागि असोज २ गते देखि खेलाडी दर्ता गर्न आबेदन खुलाईएको थियो जसमा १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

१७९ जनालाई आयोजकले क्याप्ड सिनियर, क्याप्ड र एज लेभल र अंक क्याप्ड गरि ३ श्रेणीमा बिभाजन गरेको छ। सिनियर टिमको लागि खेलेका खेलाडीहरु  क्याप्ड सिनियरमा छन् जसमा कुल ३० जना, नेपालको उमेर समुह टिमको लागि खेलेका खेलाडीहरु क्याप्ड र एज लेभलमा छन् जसमा कुल ५७ जना खेलाडी रहेका छन्। यस्तै क्याप्ड खेलाडी जसले कुनै पनि नेपाली टिमबाट खेलेका छैनन् त्यो सुचीमा ९२ जना खेलाडी दर्ता भएको आयोजकले बताएको छ।

खेलाडी छनौट गर्न अक्सन असोज १४ गते आइतबार होटल सांग्रिला लाजिम्पाटमा आयोजना हुनेछ।

यसरी  हुनेछ अक्सन    

अक्सनमा क्याप्ड सिनियर खेलाडीको न्युनतम मूल्य ५० हजार र अधिकतम मूल्य २ लाख ५० हजार हुनेछ। यस्तै क्याप्ड र एज लेभल श्रेणीको खेलाडीको न्युनतम मूल्य पनि ५० हजार र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ। अनक्याप्ड खेलाडीहरुको न्युनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ हुनेछ।

लिगमा सहभागी ३ टिमले न्युनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ। त्यसमा अक्सनबाट न्युनतम १० जना खेलाडी आवद्ध गर्नुपर्नेछ। यो पटक अक्सनमा श्रेणीहरुमा रहेका खेलाडीहरुको निश्चित संख्या हुनेछैन।

प्रत्येक टिममा त्यो बाहेक मार्की खेलाडी १, बिदेशी खेलाडी २ जना तथा २ जना लोकल आइकन अनिवार्य राख्नु पर्नेछ।

पोखरा प्रिमियर लिग नेपालको सर्वाधिक धनराशीको हुने समेत आयोजकले घोषणा गरिसकेको छ। यस अघि एभरेस्ट प्रिमियर लिगको विजेताले २१ लाख तथा धनगढी प्रिमियर लिगको विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy