पीपीएल अक्सनमा १७९ खेलाडी, कति हुनेछ खेलाडीको मूल्य ?

Pokhara Premier League
  • विकेटनेपाल,असोज १२ 

कार्तिक ९ गते देखि २० गतेसम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग टि-२० खेल्न १ सय ७९ जना खेलाडीहरुले नाम दर्ता गराएको आयोजक क्विन्स इभेट्सले सार्वजनिक गरेको छ।

पोखरा प्रिमियर लिगले बिहिबार पत्रकार सम्मेलन गर्दै ६ वटा टिम र मार्की प्लेयरको घोषणा गरेको थियो। जस अन्तर्गत चितवन राइनोजको ओमार्की प्लेयर पारस  खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

अक्सन असोज १४ गते 

प्रतियोगिताको लागि असोज २ गते देखि खेलाडी दर्ता गर्न आबेदन खुलाईएको थियो जसमा १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

१७९ जनालाई आयोजकले क्याप्ड सिनियर, क्याप्ड र एज लेभल र अंक क्याप्ड गरि ३ श्रेणीमा बिभाजन गरेको छ। सिनियर टिमको लागि खेलेका खेलाडीहरु  क्याप्ड सिनियरमा छन् जसमा कुल ३० जना, नेपालको उमेर समुह टिमको लागि खेलेका खेलाडीहरु क्याप्ड र एज लेभलमा छन् जसमा कुल ५७ जना खेलाडी रहेका छन्। यस्तै क्याप्ड खेलाडी जसले कुनै पनि नेपाली टिमबाट खेलेका छैनन् त्यो सुचीमा ९२ जना खेलाडी दर्ता भएको आयोजकले बताएको छ।

खेलाडी छनौट गर्न अक्सन असोज १४ गते आइतबार होटल सांग्रिला लाजिम्पाटमा आयोजना हुनेछ।

यसरी  हुनेछ अक्सन    

अक्सनमा क्याप्ड सिनियर खेलाडीको न्युनतम मूल्य ५० हजार र अधिकतम मूल्य २ लाख ५० हजार हुनेछ। यस्तै क्याप्ड र एज लेभल श्रेणीको खेलाडीको न्युनतम मूल्य पनि ५० हजार र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ। अनक्याप्ड खेलाडीहरुको न्युनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ हुनेछ।

लिगमा सहभागी ३ टिमले न्युनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ। त्यसमा अक्सनबाट न्युनतम १० जना खेलाडी आवद्ध गर्नुपर्नेछ। यो पटक अक्सनमा श्रेणीहरुमा रहेका खेलाडीहरुको निश्चित संख्या हुनेछैन।

प्रत्येक टिममा त्यो बाहेक मार्की खेलाडी १, बिदेशी खेलाडी २ जना तथा २ जना लोकल आइकन अनिवार्य राख्नु पर्नेछ।

पोखरा प्रिमियर लिग नेपालको सर्वाधिक धनराशीको हुने समेत आयोजकले घोषणा गरिसकेको छ। यस अघि एभरेस्ट प्रिमियर लिगको विजेताले २१ लाख तथा धनगढी प्रिमियर लिगको विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाएको थियो।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]