पोखरा प्रिमियर लिगको अक्सन भोलि, सम्पूर्ण जानकारी

Pokhara Premier League
  • विकेटनेपाल, असोज १३ – शनिबार 

कार्तिक ९ देखि २० गते सम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग – पीपीएल टि-२० को खेलाडी चयन गर्नको लागि खेलाडीहरुको अक्सन आइतबार हुँदैछ।

नेपालमा पहिलो पटक धनगढी क्रिकेट लिग २०१६ मा अक्सनको सुरुवात भएपछि धनगढी प्रिमियर लिग ( डिपीएल ) र एभरेस्ट प्रिमियर लिग ( इपिएल ) मा अक्सनबाट खेलाडीहरुको चयन भएको थियो। डिपीएल र इपिएल पछि राष्ट्रिय स्तरको खेलाडीहरुको अक्सन पीपीएलमा पनि हुँदैछ।

पोखरा प्रिमियर लिगले बिहिबार पत्रकार सम्मेलन गर्दै ६ वटा टिम र मार्की प्लेयरको घोषणा गरेको थियो। जस अन्तर्गत चितवन राइनोजको ओमार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

अक्सन ९:३० बजे बिहान सुरु हुने बताईएको छ जसको हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ।

१७९ जना खेलाडी , ३ वटा श्रेणी 

प्रतियोगिताको लागि असोज २ गते देखि खेलाडी दर्ता गर्न आबेदन खुलाईएको थियो जसमा १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

१७९ जनालाई आयोजकले क्याप्ड सिनियर, क्याप्ड र एज लेभल र अंक क्याप्ड गरि ३ श्रेणीमा बिभाजन गरेको छ। सिनियर टिमको लागि खेलेका खेलाडीहरु क्याप्ड सिनियरमा छन् जसमा कुल ३० जना, नेपालको उमेर समुह टिमको लागि खेलेका खेलाडीहरु क्याप्ड र एज लेभलमा छन् जसमा कुल ५७ जना खेलाडी रहेका छन्। यस्तै क्याप्ड खेलाडी जसले कुनै पनि नेपाली टिमबाट खेलेका छैनन् त्यो सुचीमा ९२ जना खेलाडी दर्ता भएको आयोजकले बताएको छ।

 टिम   मार्की प्लेयर   मालिक
 चितवन राइनोज  पारस खड्का  युवा व्यवसायी राहुल महरा र टिम
 बिराटनगर टाईटन्स  सन्दिप लामिछाने  पारस लुनिया ( पुर्व राष्ट्रिय क्रिकेटर तथा व्यवसायी )
 बुटवल ब्लास्टर्स  सोमपाल कामि  रामबहादुर बिस्ट सहित युवा ब्यबसायी टिम
 पोखरा पल्टन  शरद भेसावकर  विनायक पोखरेल सहितको टिम
 एक्स्पर्ट धनगढी ब्लुज  दिपेन्द्र ऐरि  संजिव शर्मा ( एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिस )
 हुलास काठमाडौँ रोयल्स  ज्ञानेन्द्र मल्ल  राज्यलक्ष्मी गोल्छा

अधिकतम मूल्य २ लाख ५० हजार 

अक्सनमा क्याप्ड सिनियर खेलाडीको न्युनतम मूल्य ५० हजार र अधिकतम मूल्य २ लाख ५० हजार हुनेछ। यस्तै क्याप्ड र एज लेभल श्रेणीको खेलाडीको न्युनतम मूल्य पनि ५० हजार र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ। अनक्याप्ड खेलाडीहरुको न्युनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ हुनेछ।

Pokhara Premier League Marquee Players
Pokhara Premier League Marquee Players

न्युनतम १० जना चयन गर्नुपर्ने

लिगमा सहभागी टिमले आफ्नो टिममा न्युनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ। त्यसमा अक्सनबाट न्युनतम १० जना खेलाडी आवद्ध गर्नुपर्नेछ। प्रत्येक टिममा त्यो बाहेक मार्की खेलाडी १, बिदेशी खेलाडी २ जना तथा २ जना लोकल आइकन अनिवार्य राख्नुपर्नेछ।

प्रत्येक टिमले खेलाडी किन्न १२-१३ लाख रुपैयाँ ( अधिकारिक हैन ) खर्च गर्न पाउने र ३ वटा श्रेणीबाट पैसा अनुसार जति पनि संख्यामा खेलाडी लिन पाउने जानकारी विकेटनेपाललाई प्राप्त भए पनि अधिकारिक रुपमा आयोजकले भने खुलाएको छैन।

को होलान् त अक्सनमा महँगो खेलाडी ?





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]