आसिफको अर्धशतक र बिनोदको बिष्फोटक ब्याटिंगमा पोखराले जोड्यो ठूलो स्कोर

  • विकेटनेपाल-९ कार्तिक, शुक्रवार

आजबाट पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेट सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा बिराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्दैछ।

पहिलो इनिंगको समाप्तिमा पोखराले ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भएको छ। उसका आसिफ शेखले सर्वाधिक ५२, रबि इन्दर सिंहले ४४ तथा बिनोद भण्डारीले अविजित ४१ रनको योगदान गरे।

प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा आसिफले ५२ रनको इनिंग खेले। ओपनिंग गर्न उत्रिएका आसिफले सम्हालिएर ब्याटिंग गर्दै ५४ बलमा ५ चौका र १ छक्का सहित ५२ रन जोडेका हुन्।

Aasif Sheikh

यस्तै अर्का ओपनर कुशल भुर्तेल व्यक्तिगत ३८ रन (२६ बल, ५ चौका २ छक्का) बनाएर पभेलियन फर्किंदा टोलि ५३/१ को अवस्थामा पुगेक्को थियो। त्यसपश्चात दोस्रो विकेटका लागि आसिफले रबि इन्द्र सिंहसंग साझेदारी गर्दै पोखराको इनिंग अगी बढाए।

रबि व्यक्तिगत ४४ रनमा सन्दिप लामिछानेको शिकार बने। त्यसअघि उनले २७ बलमा २ चौका र ४ छक्का सहित ४४ रन जोडेका हुन्।

यस्तै पोखराको इनिंगलाई ठूलो स्कोरसम्म पुर्याउने क्रममा बिनोद भण्डारीको इनिंगको अन्त्य तर्फ बिष्फोटक ब्याटिंग गर्दै अविजित ४१ रन जोडे। त्यसक्रममा बिनोद भण्डारीको ब्याटबाट २ चौका र ५ छक्का निकिएको थियो।

Binod Bhandari
Binod Bhandari

बिराटनगरको बलिंगतर्फ सन्दिप लामिछानेले दुई विकेट (४-०-२६-२) हात पारे। यस्तै साहब आलमको नाममा १ विकेट रह्यो।

६ टोलि सम्मिलित प्रतियोगितामा उद्घाटनको दिन एक मात्र खेल रहेको छ। शनिवारबाट भने दिनमा दुई खेल खेलिने छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy