पिपिएल अब नयाँ मितिमा हुने, यस्तो छ कारण

दोश्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको मिति परिवर्तन गरिएको छ। यसअघि नोभेम्बर १२ देखी २३ तारिखसम्म गर्नेगरि घोषणा गरिएको प्रतियोगिता अब नयाँ मितिमा हुने भएको हो ।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिले एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रतियोगिता अब डिसेम्बर १४ देखि २८ सम्म हुने बताएको छ । प्रबन्ध निर्देशक छुम्बी लामाद्वारा जारि गरिएको बिज्ञप्तीमा लेखिएको छ- “यसअघि प्रतियोगिता नोभेम्बरमा गर्ने भनिएको मा अब प्रतियोगिता डिसेम्बर १४ मा सुरु हुनेछ । यसका लागि सम्पूर्ण क्रिकेट प्रेमी, प्रायोजक र हितैसीहरुमा पर्न गएको क्षती प्रति यस प्रालि क्षमा प्रार्थी छ ।”

यस्तो छ कारण

प्रेस बिज्ञप्तीका अनुसार पिपिएलकै पुर्व घोषित तालिकाको समयमा दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेट हुनेछ । त्यस्तै नोभेम्बर १ तारिखदेखि १२ तारिखसम्म इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब (एमसीसी) ले नेपालको काठमान्डौ र पोखरामा विभिन्न खेलहरु खेल्नेछ । यस्तै सोही समयमा नेपाली यु-१९ टिम भारत भ्रमणमा रहने भएकाले अधिकांस खेलाडी यिनै प्रतियोगितामा व्यस्त हुनेछन । सोहि अनुसार मैदान पनि प्रयोगमा आउने भएकाले पिपिएलको नयाँ मिति सार्वजनिक गरिएको हो ।

पर्यटकीय शहर पोखरामा आयोजना हुने पिपिएलको पहिलो संस्करणमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई पराजित गर्दै शरद भेसावकर कप्तानीको पोखरा पल्टनले जितेको थियो।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]