पिपिएल फाइनल : चितवनद्वारा बिराटनगरलाई विशाल लक्ष्य

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत फाइनल खेलमा चितवन राइनोज र बिराटनगर टाईटन्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाउदै बिराटनगरलाई २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

चितवनको लागि अनिल साह र रोहन मुस्तफाले अर्धशतकिय योगदान दिने क्रममा समान ५० रन बनाए। रोहनले ४३ बलमा ३ चौका र १ छक्का तथा साहले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

पारस खड्का २५ तथा बाबर हायात ५ रन बनाएर आउट भएपछि रोहन र अनिलले तेश्रो विकेटको लागि ९५ रनको साझेदारी गरेका थिए।

रोहन र अनिल १६ औं ओभरमा आउट भएपछि इनिंगको अन्तिममा आरिफ शेख, सन्नी पटेल र करन केसीले आक्रामक सटहरु खेल्दै टिमको योगफल २०० पार गराए। ११ बलमा २ छक्का र १ चौका प्रहार गरे पछि आरिफ १९ रन बनाएर आउट भए। त्यसपछि सन्नी पटेलले ८ बलमा २ चौका मदतले १६ तथा करन केसीले ८ बलमा २ चौका र २ छक्का मदतले २६ रन बनाए।

करनले इनिंगको अन्तिम ओभरमा किशोर महतोलाई २ चौका र २ छक्का हिर्काएका थिए। यस्तै पारस खड्काले जितेन्द्र मुखियाले गरेको खेलको तेश्रो ओभरमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

बिराटनगरको बलिंगमा मोहम्मद जैद आलम ( ४-०-३६-२ ) र पुनित मेहरा ( ४-०-२५-२ ) ले समान २/२ विकेट तथा किशोर महतोए १ विकेट लिए। महतोले ४ ओभरमा ५७ रन खर्चिए। विकेट विहिन रहेका जितेन्द्र मुखियाले ३ ओभरमा ३८ रन खर्चिए। शाहब आलम पनि विकेट विहिन रहंदा ४ ओभरमा ३० रन खर्चिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]