पिपिएल फाइनल : बलियो चितवन बिरुद्ध लय पाएको बिराटनगर बीच उपाधि प्रतिस्पर्धा

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत दोश्रो सिजनको उपाधिको लागि पारस खड्का कप्तानीको चितवन राइनोज र प्रदिप ऐरी कप्तानीको बिराटनगर टाईटन्सले प्रतिस्पर्धा गर्दैछन्।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने खेल ११:३० बजे सुरु हुनेछ। प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

पिपिएलको लिग चरण अन्तर्गत पांच वटै खेलमा जित हात पार्दै चितवन एक मात्र अपराजित टिमको रुपमा अंकतालिकाको पहिलो स्थानमा रहँदै सोझै फाइनल प्रवेश गरेको थियो। बिराटनगर भने समुह चरणमा दुइ जित र ३ हार पछि तेश्रो स्थानमा रहँदै इलिमीनेटर पुगेको थियो। इलिमीनेटरमा बिराटनगरले सोमपाल कामि कप्तानीको टिम बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

बलियो चितवन राइनोज 

चितवनले प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले, बुटवल ब्लास्टर्सलाई ११९ रनले, धनगढी ब्लुजलाई ५२ रनले, बिराटनगर टाईटन्सलाई १८ रनले तथा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनले पराजित गरेको थियो। सबै खेलहरु चितवनले एकतर्फी ढंगले जितेको थियो।

पारस खड्का, करन केसी, आरिफ शेख जस्ता राष्ट्रिय तथा रोहन मुस्तफा, बाबर हायात र सन्नी पटेल जस्ता विदेशी खेलाडीहरु रहेको चितवन प्रतियोगिताकै बलियो टिम हो। नाम अनुसारकै प्रदर्शन पनि यी खेलाडीहरुले गरिरहेकोले चितवनलाई पराजित गर्नु निकै मुस्किल मानिएको छ।

प्रतियोगिताकै सर्वाधिक विकेट लिने तथा रन बनाउने सुचीमा चितवनका खेलाडीहरुको बाहुल्यता रहेको छ। करन केसी ११ विकेट सहित सर्वाधिक विकेट लिने बलर हुन् भने १० विकेट लिएका भुवन कार्की दोश्रो तथा ९ विकेट लिएका सन्नी पटेल तेश्रो स्थानमा छन्। ८ विकेट लिंदै रोहन मुस्तफा चौथो स्थानमा ( अनिल खरेल,शाहब आलम, अविनाश बोहरा र पुनित मेहरासंगै ) रहेका छन्। रन बनाउने सुचीमा बाबर हायात १९८ रन सहित तेश्रो स्थानमा ( पुनित मेहरा २०४, ज्ञानेन्द्र मल्ल २०१ )  , १५६ रन सहित रोहन मुस्तफा छैठौं, १४२ रन सहित आरिफ शेख सातौँ स्थानमा रहेका छन्।

पछिल्लो सिजन फाइनलमा पोखरा पल्टनसंग रोमान्चक खेलमा ३ विकेटले पराजित बएको चितवन यो पटक गल्ति गर्ने पक्षमा रहेको छैन।

लयमा बिराटनगर 

लिग चरणमा ५ खेलमा २ जित र ३ हार बेहोरेको बिराटनगरले इलिमीनेटरमा बुटवललाई पराजित गर्यो। यस क्रममा बिराटनगरले फाइनल अघि लगातार दुइ खेलमा जित दर्ता गरेको छ। बुटवल बिरुद्धनै बिराटनगर लिगको अन्तिम खेलमा विजयी भएको थियो।

बिराटनगर लिग चरणको पहिलो खेलमा धनगढीसंग ५ रनले पराजित भएपछि दोश्रो खेलमा पोखरा पल्टन बिरुद्ध ४५ रनको जित दर्ता गरेको थियो। त्यसपछि काठमाडौँसंग ३६ रनले तथा चितवन राइनोजसंग १८ रनले पराजित भएपछि जित्ने पर्ने पाँचौ खेलमा बिराटनगरले बुटवललाई पराजित गरेको थियो।

बिराटनगरको सफलता पछाडी सबैभन्दा ठुलो हात पुनित मेहराको रहेको छ। भारतीय खेलाडी मेहरा ६ खेलमा २ अर्धशतक मद्दतले २०४ रन बनाउदै प्रतियोगिताकै धेरै रन बनाउने खेलाडी हुन्। यस क्रममा उनले १४६.७ को स्ट्राइक रेटले रन बनाएका छन्। बलिंगतर्फ पनि मेहराले ८ विकेट लिएका छन् र धेरै विकेट लिने सुचीमा चौथो स्थानमा ( अनिल खरेल, रोहन मुस्तफा, शाहब आलम, अविनाश बोहरासंगै ) रहेका छन्। यस क्रममा मेहराले बुटवल बिरुद्ध इलिमिनेटरमा ३ विकेट र १९ रनको प्रदर्शन गरेका थिए। मेहराको प्रदर्शन चितवन बिरुद्ध बिराटनगरको लागि निकै महत्वपूर्ण रहनेछ।

मेहरा बाहेक बिराटनगरको लागि अर्का विदेशी खेलाडी मोहम्मद जैद आलम, किशोर महतो, पनि राम्रो प्रदर्शन गरिरहेका छन्। आलम र महतोले समान ९ विकेट लिएका छन्।

ओपनर सुनिल धमला, लोकेश बम तथा प्रदिप ऐरीले प्रतियोगिताको पछिल्लो खेलहरुमा लय देखाउनु टिमको सकारात्मक पक्ष हो। धमलाले इलिमिनेटरमा ६१ रनको महत्वपूर्ण इनिंग खेलेका थिए भने सोहि खेलमा ऐरीले १३ बलमा ४ छक्का र १ चौका मदतले ३३ रन बनाएका थिए। बमले चितवन बिरुद्ध लिग चरणमा ६२ रन बनाउदै आफुलाई अब्बल सावित गरेका थिए।

प्रतियोगिता अघि बढेसंगै लयमा आएका खेलाडीहरुको कारण बिराटनगर फाइनल अघि सकारात्मक रहेको छ भने अर्कोतर्फ म्याच विनर स्टार खेलाडीहरुले भरिएको चितवन हर परिस्थितिमा जित्ने आत्मविश्वास राखेको छ।





थप समाचार

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]

मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई […]

सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट […]

क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो। […]

ब्लाष्टरलाई जिपीएलको उपाधी

स्थानिय स्तरमा ग्रासरुट क्रिकेटको बिकास गर्ने लक्ष्यसहित आइपिएल संरचना जस्तै फ्रेन्चाइज लिग संचालन भइरहेको गल्याङ प्रिमियर लिग को प्रथम संस्करणको […]

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]