१३ फोटोमा हेर्नुस पिपिएल सुरु अघि कस्तो देखियो प्रतियोगिता स्थल

  • विकेटनेपाल, कार्तिक ७ 

कार्तिक ९ गते शुक्रबार देखि आयोजना हुने पोखरा प्रिमियर लिग टि-२० ( पिपिएल ) को लागि पोखरा रंगशाला क्रिकेट मैदानमा अन्तिम तयारी चलिरहेको छ।

६ सहरको प्रतिनिधित्व गर्ने फ़्रेञ्चाइज टिमहरु खेल्ने लिगको लागि ४ हजार दर्शक अट्ने प्याराफिट निर्माण, पिच, आउट फिल्ड, सजावटको कामहरु अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता खेल्ने सम्पूर्ण ६ टिम बुधबारसम्म पोखरा पुग्नेछन् भने केहि टिम केहि दिन अघिनै पुगीसकेका छन्।

प्रिमियर लिग कार्तिक ९ गते देखि सुरु भइ फाइनल खेल कार्तिक २० गते ( अक्टोबर २६ – नोभेम्बर ६ ) खेलिनेछ। कुल १२ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( कार्तिक १३ गते र कार्तिक १९ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

फोटोहरुमा हेर्नुस प्रतियोगिता सुरु हुनु २ दिन अघि कस्तो छ तयारी
( सबै फोटोहरु सुदर्शन रंजितले खिच्नु भएको हो ) 

( तस्बिरहरु – सुदर्शन रंजित )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy