काठमाडौँ द्वारा बिराटनगरलाई १६० रनको लक्ष्य, कोल्सावालाको अर्धशतक

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत शनिवारको एक मात्र खेलमा काठमाडौँ गोल्डेन वारियर्स र बिराटनगर टाईटन्सले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको काठमाडौँले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाउदै बिराटनगरलाई १६० रनको लक्ष्य दिएको छ।

काठमाडौँको लागि ओपनर जयकिशन कोल्सावालाले सर्वाधिक ५५ रन बनाए। कोल्सावालाले ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै अघिल्लो खेलमा शतक बनाएका कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए। अमित श्रेष्ठले १७, सुबोध भाटीले १४ तथा आदील खानले अविजित १३ रन बनाए।

ओपनर गौरभ तोमर पहिलो ओभरमा किशोर महतोबाट खाता नखोली आउट भए पछि दोश्रो विकेटको लागि कोल्सावाला र अमित श्रेष्ठले ४३ रनको साझेदारी गरेका थिए। छैटौं ओभरमा अमितलाई नोमन खानले बोल्ड गरे पछि तेश्रो विकेटको लागि कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले ६६ रनको साझेदारी गरे। १५ औं ओभरमा कोल्सावालालाई पुनित मेहराले क्याच आउट गराए। १७ औं ओभरमा ज्ञानेन्द्रलाई पनि पुनितले क्याच आउट गराए।

काठमाडौँको बलिंगमा पुनित मेहराले २ विकेट ( ३-०-१५-२ ) लिंदा किशोर महतो, जितेन्द्र मुखिया र नोमन खानले समान १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत काठमाडौँ अंकतालिकामा ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित तेश्रो स्थानमा रहेको छ। यस्तै बिराटनगर २ खेलमा १ जित र १ हार पछि २ अंक सहित चौथो स्थानमा रहेको छ। आज जित्ने टिम अंकतालिकाको दोश्रो स्थानमा पुग्नेछ।

प्रतियोगिता अन्तर्गत बिराटनगरले पहिलो खेलमा धनगढी ब्लुजसंग ५ रनको हार बेहोरेको थियो। दोश्रो खेलमा भने शानदार पुनरागमन गर्ने क्रममा उसले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको थियो।

अर्को तर्फ काठमाडौँ पहिलो खेलमा पोखरा पल्टनसंग पराजित ९ विकेटले थियो। दोश्रो खेलमा बुटवल ब्लास्टर्ससंग ३ विकेटले पराजित भएपछि तेश्रो खेलमा भने कम्ब्याक गर्ने क्रममा काठमाडौँले धनगढी ब्लुजलाई १०६ रनले पराजित गरेको थियो।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]