पोखरा प्रिमीयर लिगमा ६ सहरको नाममा टिम, यी हुन् मालिक र मार्की खेलाडी

Pokhara Premier League Marquee Players
  • विकेटनेपाल, ११ असोज – बिहिबार 

धनगढी प्रिमियर लिग ( डिपिएल ) र एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) पछि टि-२० पछि अर्को ठुलो प्रिमियर लिग पोखरा प्रिमियर लिग टि-२० ले आज सहभागी टिम, टिम मालिक र मार्की खेलाडीहरुको घोषणा गरेको छ।

डिपीएल र इपिएल जस्तै पोखरा प्रिमियर लिगले पनि ६ वटा सहरको नामबाट टिम घोषणा गरेको छ। चितवन राइनोज, बिराटनगर टाईटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्स्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स गरि लिगमा ६ वटा टिम रहनेछन्।

चितवनको स्वामित्व युवा व्यवसायी राहुल महरा र एनआरएन नेपालीहरुको लगानी सहितको टिमले गरेको छ जसको मार्की प्लेयर पारस खड्का रहेका छन्। बिराटनगर टाईटन्सको स्वामित्व पुर्व राष्ट्रिय क्रिकेटर तथा व्यवसायी पारस लुनिया सहितको टिमको रहेको छ जसको मार्की प्लेयर सन्दिप लामिछाने रहनेछन्। यस्तै बुटवल ब्लास्टर्सको स्वामित्व रामबहादुर बिस्ट सहित युवा व्यवसायीको टिमले लिएको छ जसको मार्की प्लेयर सोमपाल कामि रहनेछन्।

टिम मालिकसंग मार्की खेलाडीहरु

पोखरा पल्टनको स्वामित्व व्यवसायी विनायक पोखरेल सहितको टिमले लिएको छ जसको मार्की प्लेयर शरद भेसावकर रहेका छन्। एक्सपर्ट धनगढी ब्लुजको स्वामित्व एक्सपार्ट एजुकेसन एण्ड भिसा सर्भिसका राजिब शर्माले गरेका छन् जसको मार्की प्लेयर दिपेन्द्र ऐरि रहेका छन्। हुलास काठमाडौँ रोयल्सको स्वामित्व राज्यलक्ष्मी गोल्छाको रहेको छ जसको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

 टिम   मार्की प्लेयर   मालिक
 चितवन राइनोज  पारस खड्का  युवा व्यवसायी राहुल महरा र टिम
 बिराटनगर टाईटन्स  सन्दिप लामिछाने  पारस लुनिया ( पुर्व राष्ट्रिय क्रिकेटर तथा व्यवसायी )
 बुटवल ब्लास्टर्स  सोमपाल कामि  रामबहादुर बिस्ट सहित युवा ब्यबसायी टिम
 पोखरा पल्टन  शरद भेसावकर  विनायक पोखरेल सहितको टिम
 एक्स्पर्ट धनगढी ब्लुज  दिपेन्द्र ऐरि  संजिव शर्मा ( एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिस )
 हुलास काठमाडौँ रोयल्स  ज्ञानेन्द्र मल्ल  राज्यलक्ष्मी गोल्छा

पहिलो पटक सन्दिप लामिछाने कुनै टिमको मार्की प्लेयरको रुपमा टि-२० लिगमा आएका छन्। यसपटक शक्ति गौचन र बिनोद भण्डारी कुनै पनि टिमको मार्की प्लेयरको रुपमा रहेनन्।

प्रतियोगिताको अक्सनको लागि खेलाडी दर्ता प्रक्रिया पुरा भएको छ र अक्सन असोजको अन्तिम साता गरिने आयोजक क्विन्स इभेन्ट्सका प्रमुख छुम्बी लामाले जानकारी गराएका छन्।

यो पटक अक्सनमा खेलाडीहरुको निश्चित कोटा नराख्ने र निश्चित रकम तोकी क्याप्ड र अन-क्याप्ड २ वटा श्रेणीमा छुट्याएर अक्सन गरिनेछ। खेलाडीहरु आफैले आफ्नो बेस प्राइस तोक्नेछन् जसबाट बोलि लाग्नेछ। अक्सनको लागि करिब २०० जना खेलाडीहरुले नाम दर्ता गराएका छन्। सहभागी टिमले २ जना बिदेशी खेलाडी अनिवार्य राख्नु पर्नेछ भने २ जना पोखराको स्थानीय खेलाडी पनि टिममा समाबेस गर्नुपर्नेछ।

पोखरा प्रिमियर लिग नेपालको सर्वाधिक धनराशीको हुने समेत आयोजकले घोषणा गरिसकेको छ। यस अघि एभरेस्ट प्रिमियर लिगको विजेताले २१ लाख तथा धनगढी प्रिमियर लिगको विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाएको थियो।

 

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]