पोखराको जितमा बिनोदको विस्फोटक ब्याटिंग : पिपिएल टि-२०

Binod Bhandari
  • विकेटनेपाल-९ कार्तिक, शुक्रवार

आजबाट पोखरामा सुरुभएको पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेटको उद्घाटन खेलमा पोखरा पल्टनले जित प्राप्त गरेको छ।

शरद भेसवाकरको कप्तानीमा रहेको पोखराले सन्दिप लामिछानेको बिराटनगर टाईटन्सलाई ५८ रनले पराजित गर्न सफल भएको छ। पोखरालाई जिताउन आसिफ शेख, बिनोद भण्डारी र ललित राजबंशीको भूमिका अहम रह्यो।

 

टस हारेर ब्याटिंग गर्दै पोखराले दिएको १९८ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा बिराटनगर टाईटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र जोड्न सक्यो।

Pokhara Paltan
Pokhara Paltan

बिराटनगरको चेजमा राजु रिजाल र पुष्प थापाले समान ३०-३० रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहन सकेन। लगातार रुपमा विकेट गुमाउंदा बिराटनगर टाईटन्सले ठूलो लक्ष्य भेट्टाउन बिफल रह्यो।

पोखरालाई सहज जित दिलाउन बलिंगतर्फ ललित राजबंशीले सर्वाधिक ३ विकेट (४-०-१७-३) हात पारे। यस्तै मेहबुब आलम, कृष्ण कार्की, शरद भेसवाकर, बिक्रम भुषाल र राशिद खानको नाममा समान १-१ विकेट रह्यो।

यसअघि पहिलो इनिंगको समाप्तिमा पोखराले ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भएको थियो। उसका आसिफ शेखले सर्वाधिक ५२, रबि इन्दर सिंहले ४४ तथा बिनोद भण्डारीले अविजित ४१ रनको योगदान गरेका थिए।

प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा आसिफले ५२ रनको इनिंग खेले। ओपनिंग गर्न उत्रिएका आसिफले सम्हालिएर ब्याटिंग गर्दै ५४ बलमा ५ चौका र १ छक्का सहित ५२ रन जोडेका हुन्।

Aasif Sheikh
Aasif Sheikh after scoring Half Century

यस्तै अर्का ओपनर कुशल भुर्तेल व्यक्तिगत ३८ रन (२६ बल, ५ चौका २ छक्का) बनाएर पभेलियन फर्किंदा टोलि ५३/१ को अवस्थामा पुगेको थियो। त्यसपश्चात दोस्रो विकेटका लागि आसिफले रबि इन्द्र सिंहसंग साझेदारी गर्दै पोखराको इनिंग अघि बढाएका थिए।

रबि व्यक्तिगत ४४ रनमा सन्दिप लामिछानेको शिकार बनेका थिए। त्यसअघि उनले २७ बलमा २ चौका र ४ छक्का सहित ४४ रन जोडेका हुन्।

यस्तै पोखराको इनिंगलाई ठूलो स्कोरसम्म पुर्याउने क्रममा बिनोद भण्डारीको इनिंगको अन्त्यतर्फ बिष्फोटक ब्याटिंग गर्दै अविजित ४१ रन जोडे। त्यसक्रममा बिनोद भण्डारीको ब्याटबाट २ चौका र ५ छक्का निकिएको थियो।

 

बिराटनगरको बलिंगतर्फ सन्दिप लामिछानेले दुई विकेट (४-०-२६-२) हात पारेका। यस्तै साहब आलमको नाममा १ विकेट रह्यो। || स्कोरकार्ड ||

खेलको प्लेयर अफ द म्याच बिनोद भण्डारी घोषित भए।

Player of the match Binod Bhandari

६ टोलि सम्मिलित प्रतियोगितामा उद्घाटनको दिन एक मात्र खेल रहेको छ। शनिवारबाट भने दिनमा दुई खेल खेलिने छ। बिहान ९ बजे सुरु हुने खेलमा सोमपाल कामि कप्तान रहेको बुटवल ब्लास्टर्सले पारस खड्का कप्तानीको चितवन राइनोजको सामना गर्नेछ। यस्तै दिउसो १ बजेको खेलमा एक्स्पर्ट धनगढी ब्लुज र हुलास काठमाण्डौ रोयल्स भिड्ने छन्।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]