पिपिएलको हस्पिटालिटी पार्टनर ओयो

  • विकेटनेपाल – १२ असोज, शुक्रवार

यहि कार्तिक ९ गतेबाट कार्तिक २० गतेसम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) ले हस्पिटालिटी पार्टनरका रुपमा ओयोसंग एक बर्षे सम्झौता गरेको छ।

नेपालकै सबैभन्दा ठूलो हुने घरेलु प्रतियोगिता पिपिएलले दक्षिण एसियाकै सबैभन्दा ठूलो हस्पिटालिटी कम्पनि “अन् युवर अन् रुम” (OYO) संग १ वर्षका लागि सम्झौता गरेको हो। ३२ लाख रुपैयाँ बराबरको सम्झौता अनुसार ओयोले प्रतियोगिताका सबै टिम र आयोजकलाई आवासीय सुबिधा उपलब्ध गराउने छ।

सम्झौतामा आयोजक क्विन्स इभेनट्सका प्रबन्ध निर्देश छुम्बी लामा र ओवाईओका कन्ट्री हेड निसिध हलानीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता एक बर्ष समय अवधिको रहेको छ।

क्विन्स इभेनट्सका प्रबन्ध निर्देशक लामाले सम्झौताका बिषयमा बोल्दै नेपाली क्रिकेटको बिकासमा ओवाईओले पुर्याउन लागेको सहयोगका धन्यवाद ज्ञापन गर्नु भयो – “ओयोले हामीसंग साझेदारी गरेर हाम्रा खेलाडीहरु, टिम मेम्बरहरु, व्यवस्थापन समिति तथा सरकारी निकायका कर्मचारीको लागि उच्च गुणस्तरीय बसाइको अनुभव गराउने अवसर दिनु भएकोमा हामी हर्सित छौं।”

ओयोबाट यस प्रतियोगितामा दर्शकले समेत फाइदा उठाउन सक्नेछन्। प्रतियोगिता हेर्न पोखरा पुग्ने दर्शकलाई मध्यनजर गर्दै ओयोले होटल बुकिंगमा ५० % सहुलियतको व्यवस्था गरेको छ। त्यसका लागि ओयोको अफिसियल मोवाइल एप्लिकेसन मार्फत बुकिंग गर्नु पर्नेछ।

प्रतियोगिता यहि कार्तिक ९ गतेबाट २० गतेसम्म पोखरामा संचालन हुँदै छ। पोखरा प्रिमियर लिगले बिहिबार पत्रकार सम्मेलन गर्दै ६ वटा टिम र मार्की प्लेयरको घोषणा गरेको थियो।

जस अन्तर्गत चितवन राइनोजको ओमार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

प्रतियोगिताको लागि असोज २ गते देखि खेलाडी दर्ता गर्न आबेदन खुलाईएको थियो जसमा १७९ खेलाडीले नाम दर्ता गराएका छन्। १७९ जनालाई आयोजकले क्याप्ड सिनियर, क्याप्ड र एज लेभल र अंन् क्याप्ड गरि ३ श्रेणीमा बिभाजन गरेको छ। खेलाडीको अक्सन यहि असोज १४ गते हुँदै छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy