पोखराको लज्जास्पद ब्याटिंग, ७९ रनमै अल-आउट

पोखरा प्रिमियर लिग ( पिपिएल ) अनार्गत सोमबारको एक मात्र खेलमा पोखरा पल्टन र धनगढी ब्लुज प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले १६.३ ओभरमा ७९ रनमा सबै विकेट गुमाएको छ।

ठुलो अन्तरको जित हात पार्ने चक्करमा सुरुवात देखि आक्रामक ब्याटिंग गर्न खोजेको पोखराको योजना सफल हुन सकेन र सुरुवात देखि उसले लगातार विकेट गुमायो।

Anil Kharel

पोखराको लागि आसिफ शेखले सर्वाधिक ३२ रन तथा बिनोद भण्डारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेल ६, शरद भेसावकर ४, रभी इन्दर सिंह ० , कुशल मल्ल २ , कृष्ण कार्की १ , रोहित पौडेल ० मै आउट भए।

धनगढीको बलिंगमा देब्रे हाते स्पिनर अनिल खरेलले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। यस्तै दिपक पुनिया ( ४-०-१३-२ ) , कमल सिंह ऐरी ( २.३-०-२०-२ )  सागर ढकाल ( ४-०-१५-२ ) ले समान २/२ विकेट लिए।

पोखरा र धनगढी ब्लुज क्रमशः अंकतालिकामा पाँचौ र छैठौं रहेका छन्। दुवै टिमले ४ खेलमा १ जित र ३ हार बेहोर्दै २ अंक बटुलेको छ।

आजको खेलमा जित हात पारेता पनि दुवै टिमको लागि प्लेअफ सम्भावना लगभग सकिएको छ। दुवैको नेट रन रेट निकै कम ( पोखराको -१.१०६ , धनगढीको -२.३६४ ) रहेको छ। चितवन ८ अंक र बुटवल ६ अंक सहित प्लेअफ प्रवेश गरिसकेको छ। यो अवस्थामा हाल ४ अंक सहित तेश्रो स्थानमा रहेको टिम काठमाडौँ गोल्डेन वारियर्सलाई पछि पार्ने दाउमा बिराटनगर, पोखरा र धनगढीको रहेको छ।

अब लिगमा पोखरा र धनगढी, बिराटनगर र बुटवल तथा चितवन र काठमाडौँले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। काठमाडौँले मंगलबार चितवनलाई पराजित गरेमा बिना अवरोध प्लेअफ प्रवेश गर्नेछ। आजको खेलमा पोखरा र धनगढी मध्ये एक टिम विजयी भएर ४ अंक बटुलेता पनि काठमाडौँको नेट रन रेट १.३०१ हुँदा काठमाडौँले आगामी खेलमा हार बेहोरेता पनि काठमाडौँलाई नेट रन रेटमा पछि पार्नु असम्भव जस्तो हुनेछ।

पोखरा र धनगढी भन्दा बिराटनगरको सम्भावना बढी रहेको छ। बिराटनगर प्लेअफ पुग्न काठमाडौँले चितवनसंग हार्नु पर्नेछ र बिराटनगरले बुटवललाई राम्रो अन्तरले पराजित गर्नुपर्नेछ। यसो भएमा काठमाडौँ र बुटवलको समान ४ अंक हुन्छ र नेटरन रेटमा अघि बढ्ने टिमको फैसला हुनेछ।

अंकतालिका हेर्दा कुनै चमत्कारिक नतिजा नआएको खण्डमा काठमाडौँ प्लेअफ पुग्ने तेश्रो टिम हुने पक्का पक्कि जस्तो छ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]