पिपिएलमा आज : पुछारको टिम पोखरा र धनगढी बीच प्रतिस्पर्धा, प्ले-अफ सम्भावना यस्तो छ

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत सोमबारको एक मात्र खेलमा डिफेन्डिङ च्याम्पियन टिम पोखरा पल्टन र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्दैछन्। खेल ११:४५ बजे सुरु हुनेछ।

शरद भेसावकर कप्तानीको पोखरा र दिपेन्द्र ऐरी कप्तानीको धनगढी ब्लुज क्रमशः अंकतालिकामा पाँचौ र छैठौं रहेका छन्। दुवै टिमले ४ खेलमा १ जित र ३ हार बेहोर्दै २ अंक बटुलेको छ।

पिपिएल अंकतालिकामा शिर्ष स्थानमा हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ भने दोश्रो र तेश्रो स्थानमा हुने टिमले फाइनल प्रवेशको लागि खेल्नेछन्।

आजको खेलमा जित हात पारेता पनि दुवै टिमको लागि प्लेअफ सम्भावना लगभग सकिएको छ। दुवैको नेट रन रेट निकै कम ( पोखराको -१.१०६ , धनगढीको -२.३६४ ) रहेको छ। चितवन ८ अंक र बुटवल ६ अंक सहित प्लेअफ प्रवेश गरिसकेको छ। यो अवस्थामा हाल ४ अंक सहित तेश्रो स्थानमा रहेको टिम काठमाडौँ गोल्डेन वारियर्सलाई पछि पार्ने दाउमा बिराटनगर, पोखरा र धनगढीको रहेको छ।

अब लिगमा पोखरा र धनगढी, बिराटनगर र बुटवल तथा चितवन र काठमाडौँले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। काठमाडौँले मंगलबार चितवनलाई पराजित गरेमा बिना अवरोध प्लेअफ प्रवेश गर्नेछ। आजको खेलमा पोखरा र धनगढी मध्ये एक टिम विजयी भएर ४ अंक बटुलेता पनि काठमाडौँको नेट रन रेट १.३०१ हुँदा काठमाडौँले आगामी खेलमा हार बेहोरेता पनि काठमाडौँलाई नेट रन रेटमा पछि पार्नु असम्भव जस्तो हुनेछ।

पोखरा र धनगढी भन्दा बिराटनगरको सम्भावना बढी रहेको छ। बिराटनगर प्लेअफ पुग्न काठमाडौँले चितवनसंग हार्नु पर्नेछ र बिराटनगरले बुटवललाई राम्रो अन्तरले पराजित गर्नुपर्नेछ। यसो भएमा काठमाडौँ र बुटवलको समान ४ अंक हुन्छ र नेटरन रेटमा अघि बढ्ने टिमको फैसला हुनेछ।

अंकतालिका हेर्दा कुनै चमत्कारिक नतिजा नआएको खण्डमा काठमाडौँ प्लेअफ पुग्ने तेश्रो टिम हुने पक्का पक्कि जस्तो छ।

पोखरा पल्टन VS धनगढी ब्लुज 

पोखरा पल्टन :  प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हुनुको बाबजुद पोखराले यो पटक निकै कमजोर प्रदर्शन गर्यो। पहिलो खेलमा काठमाडौँलाई ९ विकेटले पराजित गरेपछि चितवनसंग ६ विकेटले, बिराटनगरसंग ४५ रनले तथा बुटवलसंग ८ विकेटको हार पोखराले बेहोर्यो।

अघिल्लो सिजन भारतीय खेलाडी रभी इन्दर सिंहको भरमा पोखराले प्रतियोगिता जितेको थियो। गत सिजन टिमका प्रमुख खेलाडी युएईका मोहम्मद नभिद यो पटक प्रतियोगितामा नहुँदा टिमको सन्तुलनमा असर गर्यो। रभी इन्दर सिंहले बुटवलसंग अविजित ४५ तथा काठमाडौँसंग अविजित ३८ रन बनाएता पनि चितवन राइनोज र बिराटनगर टाईटन्स बिरुद्धको खेलमा उनि क्रमशः १० र ० मा आउट भए। त्यस बाहेक आइपीएल अनुभव भएका सरबजित लड्डाले आफ्नो लेग स्पिन बलिंगबाट राम्रो प्रदर्शन गर्न सकेनन्। उनले ४ खेलमा ४ विकेट मात्र लिन सके। तिब्र गति बलर प्रथमेश डाकेले पनि ४ खेलमा मात्र २ विकेट लिन सके।

Kushal Bhurtel ( Photo – Pokhara Paltan Facebook )

शरद भेसावकर, बिनोद भण्डारी, रोहित पौडेल, कुशल मल्ल, ललित राजबंशी जस्ता नेपाली खेलाडीहरु फ्लप हुनु टिमको हारको प्रमुख कारण बन्यो।

अन्तिम खेलमा धनगढी बिरुद्ध पोखराले दबाबविहिन क्रिकेट खेल्दै जितको साथ प्रतियोगिताको अन्त्य गर्नु चाहनेछ। ठुलो जित हात पारेको खण्डमा अझै झिनो गणितीय सम्भावना बाँकी रहेकोले पोखरा चमत्कारको आशा सहित मैदान उत्रनेछ।

धनगढी ब्लुज : गत सिजन ३ जित र २ हार सहित चौथो स्थानमा लिग अन्त्य गरेको धनगढीले गत सिजन भन्दा कमजोर प्रदर्शन गर्यो। पहिलो खेलमा बिराटनगर टाईटन्सलाइ ५ रनले पराजित गरेपछि लगातार ३ खेल हार्ने क्रममा धनगढी काठमाडौँसंग १०६ रनले, चितवनसंग ५२ रनले तथा बुटवलसग ७ विकेटले पराजित भयो। पराजित भएको सबै ३ खेलमा धनगढीले प्रतिस्पर्धा समेत दिन सकेन।

धनगढीको प्रतियोगितामा न ब्याटिंग न बलिंगनै चल्यो। अमित यादब, रोड्रीगो थोमस र श्रीमन्था विजयरत्ने जस्ता विदेशी खेलाडीहरुको प्रदर्शन निकै फितलो रह्यो। तिन विदेशी ब्याट्सम्यानको ४ खेलको रन जोड्दा मात्र १७० रह्यो। दिपेन्द्र ऐरी बाहेक टिमका अन्य ब्याट्सम्यानहरुले रननै बनाएनन्। ऐरीले बुटवल बिरुद्ध ६१ तथा चितवन बिरुद्ध ४९ रन बनाए भने बलिंगबाट पनि कुल ५ विकेट लिए। सन्दिप जोरा, सौरभ खनाल, शुबेन्दु पाण्डे जस्ता ब्याट्सम्यानहरु फ्लप रहे।

दिपेन्द्र ऐरी बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्

बलिंगमा पनि कमल सिंह ऐरी, अनिल खरेल, सागर ढकाल, अमित यादवको प्रदर्शन खास रहन सकेन। कमल सिंह ऐरीले काठमाडौँ बिरुद्ध ४ विकेट लिएता पनि सोहि प्रदर्शनलाई निरन्तरता दिन सकेनन्। देब्रे हाते स्पिनर सागर ढकालले ४ खेलमा ३ विकेट मात्र लिन सके। सागर भन्दा अर्का देब्रे हाते स्पिनर अनिल खरेलको प्रदर्शन राम्रो रह्यो जसे किफायती बलिंग पनि गरे भने कुल ५ विकेट लिंदै प्रदर्शनमा निरन्तरता देखाए।

अन्तिम खेलमा जितको साथ धनगढी पुछारको टिमबाट माथि उक्लन चाहन्छ भने जितको साथ विदाइ चाहनेछ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]