आजबाट पोखरा प्रिमियर लिग सुरु हुँदै – सम्पूर्ण जानकारी एकै ठाउँ

Pokhara Premier League
  • विकेटनेपाल-९ कार्तिक, शुक्रवार

कार्तिक ९ गते शुक्रवारबाट पोखरामा पहिलो संस्करणको पोखरा प्रिमियर लिगको सुरुवात हुँदैछ। देशकै सर्वाधिक धनराशिको प्रतियोगिता  पिपिएलको पहिलो खेलमा बिराटनगर टाईटन्सले घरेलु  पोखरा पल्टनको सामना गर्नेछ।

क्विन्स इभेन्ट्सले आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

पोखरा प्रिमियर लिगका सम्पूर्ण जानकारी :

प्रतियोगिता कति दिन चल्ने छ ? – कुल १२ दिन संचालन हुने प्रतियोगितामा २ दिन (  कार्तिक १३ गते र कार्तिक १९ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्

बिजेताले कति पुरस्कार पाउनेछन् ? – २७ लाख रुपैयाँ , उप-बिजेताले कति पुरस्कार पाउनेछन् ? – १० लाख रुपैयाँ
खेल कहाँ हुनेछ ? – पोखरा रंगशाला
खेल कति बजे सुरुहुन्छ ? – पहिलो खेल बिहान ९:०० बजे, दोस्रो खेल दिउँसो १:१५ बजे ( उद्घाटन खेल ११ बजे )
प्रत्यक्ष खेल हेर्न टिकट काट्नु पर्छ ? – पर्दैन

भिडियो लाइभ के मा हेर्ने ? – हिमालयन टिभी एचडी
स्कोर अपडेट कसरी हेर्ने ? – विकेटनेपाल डट कम र विकेटनेपाल फेसबुक पेज

खेल तालिका :

पहिलो खेलमा सरद र सन्दिपको टिम भिड्दै :

पिपिएल टि-२० को पहिलो खेलमा सरद भेसवाकरको पोखरा पल्टन र सन्दिप लामिछानेको बिराटनगर टाईटन्स भिड्दै छन्। उद्घाटन समारोह पश्चात बिहान ११:०० बजेबाट सुरुहुने खेलमा दुवै टोलीले जितको अपेक्षा राखेका छन्।

पोखरा पल्टन ( मार्की प्लेयर – शरद भेसावकर )

खेलाडी– रोहित पौडेल, बिनोद भण्डारी , ललित राजबंशी , राशिद खान , कृष्ण कार्की , कुशल भुर्तेल  , बिक्रम भुसाल , मेहबुब आलम , आसिफ शेख , दिब्यान्शु मलिक , इशान पाण्डे

बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्द्र सिंह (भारत)

लोकल आइकन खेलाडी : दिपेश खत्री, सुमन घिमिरे

विराटनगर टाईटन्स ( मार्की प्लेयर – सन्दिप लामिछाने )

खेलाडी – दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया  , राजेश पुलामी  , किशोर महतो  , पुष्प थापा  , प्रदिप ऐरि  , राजु रिजाल  , जितेन्द्र सिंह ठकुरी , सुनिल धमला  , रबिन जोशी  , हिमांशु दत्ता

बिदेशी खेलाडी : एन्टोनी (भारत, तामिल नाडु प्रिमियर लिग)

लोकल आइकन खेलाडी : मिनाश थापा, लब कामत

 





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]