- विकेटनेपाल, असोज १४
कार्तिक ९ गते देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिगको लागि खेलाडी चयन गर्न अक्सन आइतबार सम्पन्न भएको छ। देशभरबाट अक्सनमा कुल १७९ खेलाडीहरु सहभागी थिए जसमध्ये ६ टिमले कुल ६९ जना खेलाडीहरु चयन गरेका छन्। सहभागी खेलाडीहरुलाई ३ वटा श्रेणीमा बिभाजन गरेर खेलाडीहरुको नाम क्रमसः लिंदै टिमहरुले बोलि लगाएका थिए।
अक्सनमा क्याप्ड सिनियर खेलाडीको न्युनतम मूल्य ५० हजार र अधिकतम मूल्य २ लाख ५० हजार थियो। यस्तै क्याप्ड र एज लेभल श्रेणीको खेलाडीको न्युनतम मूल्य पनि ५० हजार र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको थियो। अनक्याप्ड खेलाडीहरुको न्युनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ थियो।
कुन टिमले कसलाई कतिमा किन्यो
१. विराटनगर टाईटन्स ( मार्की प्लेयर – सन्दिप लामिछाने ) , खर्चेको कुल रकम – १३ लाख
सन्दिप लामिछाने मार्की प्लेयर रहेको टिम विराटनगर टाईटन्सले प्रदिप ऐरिलाई २ लाख ४० हजार तथा सुनिल धमलालाई २ लाख २० हजार रुपैयाँमा किन्यो। त्यस बाहेक लेफ्ट आर्म स्पिनर शाहब आलम र राजेश पुलामीलाई १ लाख ५० हजार रुपैयाँमा खरिद गर्दा दिपेश श्रेष्ठ र किशोर महतोले ९० हजार, राजु रिजालले ८५ हजार तथा जितेन्द्र मुखियाले ७५,००० मूल्य पाए।
खेलाडी र पाएको मूल्य – दिपेश श्रेष्ठ – ( ९०,००० ) , शाहब आलम ( १,५०,००० ) , जितेन्द्र मुखिया ( ७५,००० ) , राजेश पुलामी ( १,५०,००० ) , किशोर महतो ( ९०,००० ) , पुष्प थापा ( ५०,००० ) , प्रदिप ऐरि ( २,४०,००० ) , राजु रिजाल ( ८५,००० ) , जितेन्द्र सिंह ठकुरी ( ७०,००० ) , सुनिल धमला ( २,२०,००० ) , रबिन जोशी ( ३०,००० ) , हिमांशु दत्ता ( ५०,००० )
२. बुटवल ब्लास्टर्स ( मार्की प्लेयर – सोमपाल कामि ) , खर्चेको कुल रकम – १२ लाख ९०,०००
सोमपाल कामि मार्की खेलाडी रहेको टिमले १३ जना खेलाडी खरिद गर्दा सागर पुनलाई सबैभन्दा महँगो २ लाख ५० हजार खर्चिनु पर्यो। यस्तै ललित सिंह भण्डारीलाई २ लाख रुपैयाँ खर्चिदा, सिद्धान्त लोहनीलाई १ लाख ६० हजार, भिम शार्कीलाई १ लाख ५० हजार तथा अविनाश बोहरालाई १ लाख रुपैयाँ खर्चियो।
खेलाडी र पाएको मूल्य – संसाद शेख ( ६०,००० ) , सिद्धान्त लोहनी ( १,६०,००० ) , हरि बहादुर चौहान ( १,००,००० ) , ललित भण्डारी ( २,००,००० ) , राना ( ८०,००० ) , पुरन बिक ( ३०,००० ) , सागर पुन ( २,५०,००० ) , हसिम अन्सारी ( ५०,००० ) , भिम शार्की ( १,५०,००० ) , प्रकास केसी ( ५०,००० ) , अविनाश बोहरा ( १,००,००० ) , नितेश थापा ( ३०,००० ) , बिपिन खत्री ( ३०,००० )
३. चितवन राइनोज ( मार्की प्लेयर – पारस खड्का ) , खर्चेको कुल रकम – १४,९०,०००
अक्सनमा सबै भन्दा भाग्यमानि टिम बनेको पारस खड्काको टिम चितवन राइनोजले अनिल साह र करन केसीलाई गोला प्रथामार्फत २ लाख ५० हजारमा भित्र्यायो। पैसा खर्च गर्न उदार टिमले ९ जना खेलाडी खरिद गर्न १२ लाख ८० हजार खर्च गरिसकेको थियो जसपछि टिम पुरा गर्न अझै १ खेलाडी आवस्यक हुँदा २ लाख १० हजार बेस प्राइस भएका शक्ति गौचनलाई २५ प्रतिशत जरिवाना तिर्दै खरिद गरेको थियो। १३ लाखसम्म मात्र खर्च गर्न पाउने हुँदा दशौँ खेलाडीको रुपमा गौचनलाई खरिद गर्दा टिमले बजेट १४ लाख ९० हजार पुर्यायो।
खेलाडी र पाएको मूल्य – अनिल साह ( २,५०,००० ) , भुवन कार्की ( १,५०,००० ) , रामनरेश गिरि ( ८५,००० ) , करन केसी ( २,५०,००० ) , आरिफ शेख ( २,५०,००० ) , सुमित महर्जन ( ५०,००० ) , सोनु तामांग ( ८५,००० ) , बिनोद लामा ( ७०,००० ) , हरि शंकर साह ( ९०,००० ) , शक्ति गौचन ( २,१०,००० )
४. धनगढी ब्लुज ( मार्की प्लेयर – दिपेन्द्र ऐरि ) खर्चेको कुल रकम – १२,००,०००
दिपेन्द्र ऐरि कप्तानीको धनगढी ब्लुजले दिलिप नाथलाई सर्वाधिक २ लाख ४० हजार रुपैयाँमा खरिद गर्दा कमल सिंह ऐरि १ लाख ५० हजार, योगेन्द्र सिंह कार्की १ लाख १० हजार तथा सौरभ खनालले १ लाख रुपीयाँ मूल्य पाए। यस्तै वर्तमान यु-१९ राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरिरहेका सागर ढकाललाई १ लाख ३० हजारमा खरिद गर्यो।
खेलाडी र पाएको मूल्य – मन्जित श्रेष्ठ ( ५०,००० ) , योगेन्द्र सिंह कार्की ( १,१०,००० ) , सन्तोष भट्ट ( ९०,००० ) , रोबिन क्षेत्री ( ६०,००० ) , सन्दिप सुनार ( ९०,००० ) , कमल ऐरि ( १,५०,००० ) , दिलिप नाथ ( २,४०,००० ) , सागर ढकाल ( १,३०,००० ) , सन्दिप जोरा ( ९०,००० ) , फिर्दोश अन्सारी ( ३०,००० ) , सौरभ खनाल ( १,००,००० ) , बिक्रम ठगुन्ना ( ३०,००० ) , सन्दिप रजाली ( ३०,००० )
५. काठमाडौँ रोयल्स ( मार्की प्लेयर – ज्ञानेन्द्र मल्ल ) , खर्चेको कुल रकम – १२,८०,०००
१० जना खेलाडी खरिद गर्न ज्ञानेन्द्र मल्लको टिमले १२ लाख ८० हजार खर्च गर्यो। बसन्त रेग्मी, अमित श्रेष्ठ, पवन सर्राफ र अमर सिंह रौटेलालाई गोला प्रथामार्फत टिममा भित्र्याएको टिमले बसन्त रेग्मीलाई सर्वाधिक २ लाख ५० हजार खर्चियो। यस्ती नरेश बुढायरलाई २ लाख ३० हजार खर्चिदा पवन सर्राफ र सुसनभारिले १ लाख ५० हजार तथा पृथु बास्कोटाले १ लाख २० हजार पाए।
खेलाडी र पाएको मूल्य – पवन सर्राफ ( १,५०,००० ) , सुशन भारि ( १,५०,००० ) , पृथु बास्कोटा ( १,२०,००० ) , अमर सिंह रौटेला ( १,००,००० ) , आदील खान ( ५०,००० ) , नरेश बुढायर ( २,३०,००० ) , ( ५०,००० ) , बसन्त रेग्मी ( २,५०,००० ) , अमित श्रेष्ठ ( १,५०,००० ) , सुमित झा ( ३०,००० )
६. पोखरा पल्टन ( मार्की प्लेयर – शरद भेसावकर ) – खर्चेको कुल रकम – १२,९०,०००
शरद भेसावकरको टिमले रोहित पौडेल, बिनोद भण्डारी र कुशल भुर्तेललाई गोला प्रथामार्फत टिममा भित्र्याउदा दुवैलाई २ लाख ५० हजार रुपैयाँ खर्चियो। त्यस बाहेक मेहबुब आलमलाई १ लाख ६० हजार खर्चिंदा कुशल भुर्तेलले १ लाख ५० हजार तथा कृष्ण कार्की र ललित राजबंशीले १ लाख रुपैयाँ पाए।
खेलाडी र पाएको मुल्य – रोहित पौडेल ( २,५०,००० ) , बिनोद भण्डारी ( २,५०,००० ) , ललित राजबंशी ( १,००,००० ) , राशिद खान ( ७०,००० ) , कृष्ण कार्की ( १,००,००० ) , कुशल भुर्तेल ( १,५०,००० ) , बिक्रम भुसाल ( ५०,००० ) , मेहबुब आलम ( १,६०,००० ) , आसिफ शेख ( ८०,००० ), दिब्यान्शु मलिक ( ३०,००० ) , इशान पाण्डे ( ५०,००० )