पिपिएल टि-२० को उद्घाटन खेलमा सन्दिप र शरदको टिम आमने-सामने

Pokhara Premier League
  • विकेटनेपाल,असोज २९ – सोमबार 

कार्तिक ९ ( अक्टोबर २६ ) देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग टि-२० को खेल तालिका सार्वजनिक भएको छ।

आयोजक क्विन्स इभेन्ट्सले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको पहिलो दिन एकमात्र उद्घाटन खेलमा सन्दिप लामिछाने मार्की प्लेयर रहेको बिराटनगर टाईटन्स र शरद भेसावकर मार्की प्लेयर रहेको पोखरा पल्टन्स प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगिताको सम्पूर्ण खेलहरु पोखरा रंगशालामा आयोजना हुने छ जसको लागि मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

प्रिमियर लिग कार्तिक ९ गते देखि सुरु भइ फाइनल खेल कार्तिक २० गते ( अक्टोबर २६ – नोभेम्बर ६ ) खेलिनेछ। कुल १२ दिन संचालन हुने प्रतियोगितामा २ दिन (  कार्तिक १३ गते र कार्तिक १९ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्। लिगको प्रत्यक्ष प्रशारण हिमालय टिभी एचडीले गर्नेछ।

यो पटक लिगमा धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा गरिए जस्तो ३ वटा क्वालीफायर खेलहरु हुने छैनन्। पोखरा प्रिमियर लिगको लिग चरणमा उत्कृस्ट हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ भने एक मात्र इलिमिनेटर खेलमा लिगको दोश्रो र तेश्रो स्थानमा हुने टिमले प्रतिस्पर्धा गर्नेछन् र बिजयी टिमले लिग चरणको बिजेतासंग फाइनल खेल्नेछ।

प्रिमियर लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

पोखरा प्रिमियर लिगले अहिलेसम्म बिजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेको छैन। आयोजकले पुरस्कार नेपाली घरेलु क्रिकेटकै सर्वाधिक हुने घोषणा भने गरिसकेको छ। लिगमा उत्कृस्ट हुने खेलाडी र उत्कृस्ट बलर र ब्याट्सम्यान गरि ३ जनाले  १५५ सिसीको सुजुकी जिक्सर मोटर बाइक पाउनेछन्।


प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन असोज १४ गते सम्पन भइसकेको छ जसबाट ६९ खेलाडीहरु चयन भएका छन्। अक्सनमा सागर पुन, करन केसी, अनिल साह, आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल र बिनोद भण्डारीले सर्वाधिक २ लाख ५० हजार मूल्य पाएका थिए। प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य राख्नु पर्नेछ जसको औपचारिक घोषणा अझै टिमहरुले गरेको छैन।

अक्सनमा बिभिन्न टिममा बिक्रि भएका खेलाडीहरुको सुची :-

१. विराटनगर टाईटन्स ( मार्की प्लेयर – सन्दिप लामिछाने )

खेलाडी र पाएको मूल्य – दिपेश श्रेष्ठ – ( ९०,००० ) , शाहब आलम ( १,५०,००० ) , जितेन्द्र मुखिया ( ७५,००० ) , राजेश पुलामी ( १,५०,००० ) , किशोर महतो ( ९०,००० ) , पुष्प थापा ( ५०,००० ) , प्रदिप ऐरि ( २,४०,००० ) , राजु रिजाल ( ८५,००० ) , जितेन्द्र सिंह ठकुरी ( ७०,००० ) , सुनिल धमला ( २,२०,००० ) , रबिन जोशी ( ३०,००० ) , हिमांशु दत्ता ( ५०,००० )

२. बुटवल ब्लास्टर्स ( मार्की प्लेयर – सोमपाल कामि )

खेलाडी र पाएको मूल्य – संसाद शेख ( ६०,००० ) , सिद्धान्त लोहनी ( १,६०,००० ) , हरि बहादुर चौहान ( १,००,००० ) , ललित भण्डारी ( २,००,००० ) , राना ( ८०,००० ) , पुरन बिक ( ३०,००० ) , सागर पुन ( २,५०,००० ) , हसिम अन्सारी ( ५०,००० ) , भिम शार्की ( १,५०,००० ) , प्रकास केसी ( ५०,००० ) , अविनाश बोहरा ( १,००,००० ) , नितेश थापा ( ३०,००० ) , बिपिन खत्री ( ३०,००० )

३. चितवन राइनोज ( मार्की प्लेयर – पारस खड्का )

खेलाडी र पाएको मूल्य – अनिल साह ( २,५०,००० ) , भुवन कार्की ( १,५०,००० ) , रामनरेश गिरि ( ८५,००० ) , करन केसी ( २,५०,००० ) , आरिफ शेख ( २,५०,००० ) , सुमित महर्जन ( ५०,००० ) , सोनु तामांग ( ८५,००० ) , बिनोद लामा ( ७०,००० ) , हरि शंकर साह ( ९०,००० ) , शक्ति गौचन ( २,१०,००० )

४. धनगढी ब्लुज ( मार्की प्लेयर – दिपेन्द्र ऐरि )

खेलाडी र पाएको मूल्य – मन्जित श्रेष्ठ ( ५०,००० ) , योगेन्द्र सिंह कार्की ( १,१०,००० ) , सन्तोष भट्ट ( ९०,००० ) , रोबिन क्षेत्री ( ६०,००० ) , सन्दिप सुनार ( ९०,००० ) , कमल ऐरि ( १,५०,००० ) , दिलिप नाथ ( २,४०,००० ) , सागर ढकाल ( १,३०,००० ) , सन्दिप जोरा ( ९०,००० ) , फिर्दोश अन्सारी ( ३०,००० ) , सौरभ खनाल ( १,००,००० ) , बिक्रम ठगुन्ना ( ३०,००० ) , सन्दिप रजाली ( ३०,००० )

५. काठमाडौँ रोयल्स ( मार्की प्लेयर – ज्ञानेन्द्र मल्ल )

खेलाडी र पाएको मूल्य – पवन सर्राफ ( १,५०,००० ) , सुशन भारि ( १,५०,००० ) , पृथु बास्कोटा ( १,२०,००० ) , अमर सिंह रौटेला ( १,००,००० ) , आदील खान ( ५०,००० ) , नरेश बुढायर ( २,३०,००० ) , ( ५०,००० ) , बसन्त रेग्मी ( २,५०,००० ) , अमित श्रेष्ठ ( १,५०,००० ) , सुमित झा ( ३०,००० )

६. पोखरा पल्टन ( मार्की प्लेयर – शरद भेसावकर )

खेलाडी र पाएको मुल्य – रोहित पौडेल ( २,५०,००० ) , बिनोद भण्डारी ( २,५०,००० ) , ललित राजबंशी ( १,००,००० ) , राशिद खान ( ७०,००० ) , कृष्ण कार्की ( १,००,००० ) , कुशल भुर्तेल ( १,५०,००० ) , बिक्रम भुसाल ( ५०,००० ) , मेहबुब आलम ( १,६०,००० ) , आसिफ शेख ( ८०,००० ), दिब्यान्शु मलिक ( ३०,००० ) , इशान पाण्डे ( ५०,००० )





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]