पिपिएल विजेतालाई नेपाली क्रिकेटमै सर्वाधिक पुरस्कार

Pokhara Premier League
  • विकेटनेपाल, कार्तिक ८ – बिहिबार 

कार्तिक ९ गते शुक्रबार देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग ( पिपिएल ) टि -२० प्रतियोगिताको विजेताले नेपाली घरेलु क्रिकेटमै सर्वाधिक पुरस्कार राशी पाउने भएको छ।

क्विन्स इभेन्ट्सले आयोजना गर्न लागेको प्रतियोगिताको मुख्य प्रयोजन नमस्ते प्रिमियम बियरले गर्ने आयोजकले प्रेस बिज्ञप्तिमार्फत घोषणा गरेको छ।

लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

नेपालकै सर्वाधिक पुरस्कार राशी 

पोखरा प्रिमियर लिगको विजेताले यस अघि घोषणा गरे अनुसार नेपाली घरेलु क्रिकेटमै सर्वाधिक पुरस्कार राशी २७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस अघि नेपाली घरेलु क्रिकेटमा धनगढी प्रिमियर लिगले ( डिपीएल ) पछिल्लो संस्करणको विजेतालाई सर्वाधिक २५ लाख रुपैयाँ प्रदान गरेको थियो जसलाई पिपिएलले उछिनेको छ। डिपीएलको उपविजेताले भने समान १० लाख रुपैयाँनै पाएको थियो।

Pokhara Cricket Ground
Pokhara Cricket Ground for PPL T20

३ उत्कृस्ट खेलाडीलाई सुजुकी जिक्सर

पिपिएल आयोजक क्विन्स इभेन्ट्सले शनिबार प्रतियोगिताको प्लेयर अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर मोटर बाइक पाउनेछ। नेपाली क्रिकेटमै एकै प्रतियोगितामा उत्कृस्ट ३ जना खेलाडीले मोटर बाइक पाउन लागेको योनै पहिलो पटक हो।

यस्तै प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट (एक्स्टेप, सुबीसु, आदि) ५ हजार बराबरको गिफ्ट विभिन्न ह्याम्परप्राप्त गर्नेछन्। लिगको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ।

यसबाहेक प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुबीसुको प्रिमियम प्याकेज प्राप्त गर्नेछन्। साथसाथै हरेक खेलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्नेले सुबीसु फास्टेस्ट ५० विजेताले सुबीसुकोतर्फबाट १ वर्षका लागि हाइ स्पिड इन्टरनेट सुविधा पाउनेछन्।

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]