पाँचपोखरी टी–२० : चौथो दिन चौतारा र ह्योल्मो ११ विजयी 

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा फागुन २७ गते शनिबारबाट सुरु भएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको चौथो दिन चौतारा साँगाचोकगढी नगरपालिका र ह्योल्मो ११ ले जित हासिल गरेका छन् ।

काठमाण्डौको मूलपानी अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालामा संचालित प्रतियोगिताको चौथो दिनको दिनको पहिलो खेलमा टस जितेर बलिङ गरेको चौताराले भोटेचौर स्पोट्स क्लबलाई ३ विकेटले पराजित गरेको हो । निर्धारीत २० ओभरमा भोटेचौरले दिएको ९२ रनको विजयी लक्ष्य चौताराले ७ विकेटको क्षतिमा भेट्टाएको हो । खेलको म्यान अफ दि म्याच चौताराका बिनोद गौतम घोषित भए उनले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिएका थिए ।

यस्तै आजनै भएको दोश्रो खेलमा ह्योल्मो ११ ले भोताङ क्रिकेट टिमलाई ४ विकेटले पराजित गर्दै समुह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । टस जितेर ब्याटिङ गरेको भोताङले ८ विकेटको क्षतिमा ११२ रन बनाएको थियो । ११३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ह्योल्मो ११ ले ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । खेलको म्यान अफ दी म्याच हयोल्मो ११ का नामगिल चेतन घोषित भए उनले २२ बलमा २१ रन बनाउनुका साथै ३ विकेट समेत हात पोरका थिए ।यस खेलको नतिजा संगै भोताङ क्रिकेट टिम पनि समुह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्र्तगत भोलि हुने समुहको अन्तिम खेलसंगै सेमिफाइनल प्रवेश गर्ने अन्य दुइ टोलिको टुङगो लाग्ने छ । भोली समुह ए को पहिलो खेल बाह्विसे स्पोटेस क्लब र मेलम्ची नगरपालिका विच हुनेछ भने दोश्रो खेल समुह बि को पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोट्स क्लब बिच हुनेछ ।

चैत ३ गते सम्म संचालन हुने प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेकोछ । प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । माउन्ट शेर्पा ट्राभल एण्ड टुरिजम प्रा.लि ले प्रतियोगिताको टाइटल स्पोन्सर गरेको भने ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy