पाँचपोखरी टी-२० : उपाधिका लागि ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लब भिड्ने

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा संचालित प्रतियोगिताको उपाधिका लागि ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लब भिड्न भएका छन् ।

काठमाण्डौको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा संचालित प्रतियोगिता अन्र्तगत आज भएको पहिलो सेमिफाइनल खेलमा ह्योल्मो ११ ले ५८ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । ह्योल्मो ११ र चौतारा साँगाचोकगढी नगरपालिका बिचको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको ह्योल्मो ११ ले खेलको म्यान अफ दि म्याच विवेक तामाङको ८४ रनको मद्धतमा १७२ रनको विशाल लक्ष्य खडा गरेको थियो । जितको लागि १७३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको चौताराले सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो ।

सार्थक धितालले अर्धशतक बनाए
सार्थक धितालले अर्धशतक बनाए

आजै भएको दोश्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भोताङ क्रिकेट क्लबले ९ विकेटको क्षतिमा ११९ रन मात्र बनाएपछि जवाफि व्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले खेलको म्यान अफ दी म्याच सार्थक धितालको अर्धशतकीय प्रर्दशनमा ५ विकेटले पराजित गर्दै लगातार पाँचौ पटक फाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतियोगिताको फाइनल खेल चैत ३ गते हुने आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । माउन्ट शेर्पा ट्राभल एण्ड टुरिजम प्रा.लि ले प्रतियोगिताको टाइटल स्पोन्सर गरेको भने ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]