पोखरा राइनोजले भित्र्यायो अष्ट्रेलियन प्रशिक्षक : इपिएल टि-२०

२०७५ मंसिर ३, सोमबार १९:२८

  • विकेटनेपाल-३ मङ्सिर, सोमबार

अष्ट्रेलियन मुलका प्रशिक्षक नेथन डोड एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-२० मा प्रशिक्षण गराउन नेपाल आउने भएका छन्। डोडलाई इपिएलमा पोखरा राइनोजले प्रशिक्षकका रुपमा भित्र्याएको हो।

योसंगै डोड नेपाली घरेलु टि-२० क्रिकेटमा प्रशिक्षण गराउने पहिलो बिदेशी प्रशिक्षक बनेका छन्। इपिएल टि-२० मा पोखरा राइनोज भेटेरन स्पिनर शक्ति गौचनको कप्तानीमा रहेको छ।


नेथन डोड अष्ट्रेलियाका लेभल ३ प्रशिक्षक हुन्। अष्ट्रेलियायी घरेलु क्रिकेटमा डोडलाई राम्रो प्रशिक्षकका रुपमा हेरिन्छ। डोडकै सह-प्रशिक्षणमा सेन्डगेट रेडक्लिफीले सन् २०१७ र २०१८ मा क्वीन्सल्याण्ड स्टेट टि-२० लिगको उपाधि जितेको थियो।

डोडले अष्ट्रेलियाका पूर्व महान खेलाडी जस्टिन ल्यांगर र अर्का प्रशिक्षक फिल जेक्ससंग रहेर घरेलु क्रिकेटमा प्रशिक्षण गराएका छन्।

नेपाल आएर पोखरा राइनोजलाई प्रशिक्षण गराउन पाउँदा डोड समेत उत्साहित रहेका छन्। पोखरा राइनोजसंगको कुराकानीका क्रममा डोडले आफु नेपाल आएर पहिले देखीनै प्रतिभावान रहेका पोखरा राइनोजका खेलाडीलाई सहयोग गर्न आतुर रहेको बताएका छन्।

जगदम्बा स्पोर्ट्सको स्वामित्वमा रहेको पोखरा राइनोजले अन्तिम सिजन सोचेअनुरुप प्रदर्शन गर्न सकेको थिएन। लिग चरणमा खेलेका ५   खेल मध्ये २ खेलमा मात्र जित निकाल्न सकेपछि पोखराले चौथो स्थानमा रहँदै ललितपुर प्याट्रीयट्ससंग एलिमिनेटर खेलेको थियो। एलिमिनेटरमा ललितपुरसंग २७ रनको हार बेहोर्दै पोखरा प्रतियोगिताबाट बाहिरिएको थियो।

डिसेम्बर ८ देखि २२ सम्म ( मङ्सिर २२ – पुष ७ ) काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग ‘ईपीएल’ टि-२० प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले मान्यता दिईसकेको छ।

टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन, हंगकंग खेलाडी बाबर हायात, स्कटल्याण्डका केल कोट्जर तथा इंग्ल्याण्ड यु-१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिगमा बिभिन्न टिमहरुको प्रतिनिधित्व गर्नेछन्।

Fixture of TVS EPL 2018

एभरेस्ट प्रिमियर लिगमा कुल ६ टोलिरहेका छन् जसमा दिपेन्द्र ऐरि कप्तानीको चितवन टाईगर्स, पारस खड्का कप्तानीको बिराटनगर वारियर्स, शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्स, शक्ति गौचन कप्तानीको पोखरा राइनोज, सोमपाल कामि कप्तानीको काठमाडौँ किंग्स ११ र ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्स रहेका छन्। पछिल्लो संस्करण जस्तै यो पटक पनि प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीहरु प्लेयिंग-११ मा राख्नुपर्नेछ।

गत बर्ष फर्भेज महरुफ़, आसिफ अलि, बाबर हायात, अंशुमन रथ, योगेश नागर, पुनित मिश्रा जस्ता खेलाडीहरुले एभरेस्ट प्रिमियर लिग खेलेका थिए। गत सिजनको फाइनलमा पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy