क्रिकेट प्रशिक्षकका लागि पाँच जना दौडमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाँच जनाले अन्तर्वार्ता दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेको थियो । क्यानले आवेदन परेको २४ जना प्रशिक्षकबाट पाँच जनाको सर्टलिस्ट गरी अन्तर्वार्ता लिएको हो ।

प्रशिक्षकका लागि अन्तर्वार्ता दिनेहरुमा भारतीय मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक देभ ह्वाटमोर श्रीलङ्का तीव्र गतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्यान्डका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनल रहेको क्यानले जनाएको छ ।

अन्तर्वार्ता दिएका पाँच जनामध्येबाट अन्तिममा एक जनाको नाम केही दिनमा सार्वजनिक गरिने क्यानले जनाएको छ । नेपालले अर्को महिना घरेलु मैदान कीर्तिपुरमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच हुने सिरिजअघि नेपाली टोलीले नयाँ प्रशिक्षक पाउनेछ । क्यानले एकमहिना अघिमात्र भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई हटाएपछि नेपाली टोली प्रशिक्षकविहीन थियो ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]