३ बर्ष पछि राष्ट्रिय टोलीमा प्रदिप ऐरी

Pradeep Airee
  • विकेटनेपाल, असोज १४ 

यही अक्टोबर ३ देखि मलेसियामा सुरु हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको घोषणा भएको छ।

आईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले चयन गरेको टिममा प्रदिप ऐरिले कम्ब्याक गरेका छन्। पछिल्लो पटक सन् २०१५ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका प्रदिप ऐरीले ३ बर्ष पछि टोलीमा स्थान बनाएका हुन्।

यसै बर्ष जेठमा राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेपछि ऐरी यस एसिया कप छनौट प्रतियोगिताको प्रारम्भिक टोलिमा परे पनि अन्तिम छनौटमा पर्न असफल रहेका थिए। प्रधानमन्त्रि कपमा प्रदीपले १ शतक सहित ३१५ रन बनाउँदै उत्कृस्ट ब्याट्सम्यान बनेका थिए। ऐरीको प्रदर्शनमा एपीएफले प्रतियोगिताको उपाधी जितेको थियो।

प्रधानमन्त्रि कप अघि प्रदिपले बैशाखमा सम्पन्न धनगढी प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका थिए। रुपन्देही च्यालेन्जर्सको प्रतिनिधित्व गरेका उनले ५ खेलमा २ अर्धशतक सहित ३१.२० को औसतमा १५६ रन जोडेका थिए।

Pradeep Airee
Pradeep Airee

राष्ट्रिय टोलीको लागि खेलेका ७ टि-२० अन्तर्राष्ट्रिय खेलमा भने प्रदिपको प्रदर्शन खास रहन सकेको छैन। उनले खेलेका ७ टि-२० अन्तर्राष्ट्रिय खेलमा ५९ रन मात्र बनाएका छन्। यस्तै नेपालका लागि खेलेका २३ टि-२० इन्निंगमा भने प्रदिपले २६० रन जोडेका छन्।

नेपाली टिमको लागि प्रदिपले सन् २०१० को इटलीमा भएको डिभिजन-४ प्रतियोगितामा डेब्यु गरेका थिए। सन् २०१२ टी-२० बिश्वकपमा ऐरिले डेनमार्कसंग अविजित ६५ रन बनाएका थिए जुन उनको सर्वाधिक स्कोर समेत हो। राष्ट्रिय टिमको लागि ऐरिले ४ वटा अर्धशतक बनाएका छन्।

२०२० टि-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौटको लागि घोषित नेपाली टिम 

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह, बसन्त रेग्मी,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सन्दिप लामिछाने,शरद भेसावकर र सोमपाल कामि
प्रशिक्षक – जगत टमाटा , ब्यबस्थापक/एनालिस्ट – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट
बैकल्पिक खेलाडी – सागर पुन, सुनिल धमला, दिपेश श्रेष्ठ , शाहब आलम

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको लागि प्रारम्भिक छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]