प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

Pradeep Airee

सन् २००६ मा नेपालको १५ वर्ष मुनि उमेर समूह क्रिकेट हुँदै राष्ट्रिय टिमसम्मको यात्रा गरेका प्रदिप ऐरीले सन् २०१० मा सिनियर टिमको लागि डेब्यु गरेका थिए। २०१० मा इटालीमा सम्पन्न डिभिजन-४ प्रतियोगितामा डेब्यु गरेका ऐरीले त्यसपछि केहि वर्ष नेपालको लागि ओपनिंग ब्याट्सम्यान तथा तल्लो क्रममा पनि जिम्मेवारी सम्हाले। साथै उनले विकेटकिपर तथा मध्यम-तीव्र गति बलरको रुपमा पनि टिमलाई योगदान दिए। आक्रामक ब्याटिंग स्वभावका कारण उनलाई ‘बुम बम ऐरी’ नामले पनि बोलाइने गरिन्थ्यो।

विशेषगरी ऐरीले सन् २०१२ मा युएईमा सम्पन्न टि-२० विश्वकप छनौट प्रतियोगिता, एसीसी टि-२० २०१३, डिभिजन-३ २०१३ जस्ता प्रतियोगितामा नेपालको लागि सम्झनलायक प्रदर्शन गरेका थिए। २०१५ पछि भने उनको राष्ट्रिय टिममा ३ वर्ष स्थान बनाउन सकेनन्। त्यसपछि घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै २०१८ मा पुनः राष्ट्रिय टिममा कम्ब्याक गर्न सफल भए। पुरानो लय दोहोर्याउन असफल ऐरी राष्ट्रिय टिममा भित्र-बाहिर हुँदै आएका छन् र अझै नियमित स्थान बनाउन प्रयासरत रहेका छन्। ऐरीले राष्ट्रिय टिम र उमेर समूह क्रिकेटमा खेलेका सम्झनलायक प्रदर्शनहरुलाई यो लेखमा समेटेका छौँ।

(१ ) ५ विकेट , बिरुद्ध , युएई ( एसीसी यु-१७ २००९ , सेमीफाईनल )

जितको लागि युएईलाई दोश्रो इनिंगमा मात्रै १४५ रन बनाउनु पर्ने थियो।  टियु मैदानमा नेपाली युवा टिमलाई समर्थन गर्न सेमीफाईनल खेलमा हजारौ दर्शक जुटेका थिए।  प्रदिप ऐरीले आफ्नो मध्यम तीब्र गति बलिंगले उक्त खेलमा जितको नजिक पुगेको युएईलाई घुंडा टेक्न बाध्य बनाए। २१ रनको जितमा नेपाली टिमको सफलताको नायक बनेका ऐरीले ७ ओभरमा मात्र २९ रन खर्चदै ५ विकेट लिएका थिए। उक्त खेलमा प्लेयर अफ द म्याच प्रदिपको सोहि प्रदर्शनको मद्दतले फाईनल पुगेको नेपाली यु-१७ टोलिले प्रतियोगितानै जितेको थियो।

(२) ५ विकेट र ५९ रन , बिरुद्ध अफगानिस्तान ( एसीसी यु-१९ २०११ , फाईनल )

सन् २०११ एसीसी यु-१९ को फाईनलमा प्रदिप ऐरी प्लेयर अफ द म्याच चुनिदा आफ्नो मध्यम तिब्र गति बलिंगले अफगानिस्तानको ५ विकेट लिएका थिए भने सोहि खेलमा ९३ बलमा बनाएको ५९ रन स्मरणीय छ। खेल ६१ रनले गुमाउनु परे पनि प्रदिपको उक्त खेलको प्रदर्शन भने तारिफयोग्य थियो।

(३) ६५* रन, बिरुद्ध डेनमार्क ( टि-२० बिश्वकप छनौट २०१२ )

प्रदिप ऐरीले प्रारम्भिक ब्याटिंग गर्दै डेनमार्क बिरुद्ध बनाएको अविजित ६५ रनले उनको सिनियर अन्तरास्ट्रिय करियरमा महत्व राख्ने गर्छ। ४३ बल मात्रै सामना गरि बनाएको ६५ रनमा सामेल ४ छक्का र ७ चौकाले प्रदिपको ब्याटिंग स्वभाबलाई प्रतिनिधित्व गर्नेगर्छ।  प्रदिपले उक्त प्रतियोगिताभर नेपालको ओपनिंग ब्याटिंग सम्हालेका थिए। उक्त प्रतियोगिताको प्रदर्शनले उनलाई ओपनिंगमा निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको थियो।

(४) ४५ रन , बिरुद्ध केन्या ( टि-२० बिश्वकप छनौट २०१२ )

स्तरीय टोलि केन्यासंग सातौँ स्थानको लागि खेलिएको उक्त खेलमा नेपालको ५ विकेटको जितमा ऐरीले महत्वपूर्ण इनिंग खेलेका थिए। केन्याले दिएको १४० रनको लक्ष पछ्याउन नेपाललाई ओपनिंग ब्याट्सम्यानबाट राम्रो सुरुवातको आवस्यकता थियो। उक्त जिम्मेवारी प्रदिपले राम्रो संग निभाए।  इनिंगमा नेपालको तर्फबाट सर्वाधिक रन बनाएका उनले ४ चौका र २ छक्का प्रहार गर्दै ३८ बलमा ४५ रन बनाए।

(५) ३४* , बिरुद्ध सिंगापुर ( डिभिजन-४ २०१२ )

सिंगापुरले दिएको ११२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ५ विकेट ४७ रनमै गुमाउदा नेपाल समस्यामा थियो। नेपालको अन्तिम ब्याटिंग जोडी मात्रै क्रिजमा हुँदा एउटा मात्रै विकेटले पनि नेपाल हार्न सक्थ्यो। तर, प्रदिप ऐरीले सातौँ नम्बरमा ब्याटिंग गर्दै नेपाललाई जितसम्म पुर्याऊन महत्वपूर्ण योगदान दिए। शक्ति गौचनसंग छैठौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गर्नेक्रममा प्रदिपले अविजित ३४ रन बनाऊदै नेपाललाई ५ विकेटको जित दिलाएका थिए।

Pradeep Airee
Pradeep Airee

(६) ९८* बिरुद्ध, नामिबिया ( आईसीसी यु-१९ विश्वकप २०१२ , १३ औं स्थानको लागि ) 

१३ औं स्थानको लागि भएको २०१२ यु-१९ विश्वकपको खेलमा प्रदिपले छैठौं नम्बरमा ब्याटिंग गर्दै अविजित ९८ रन बनाएका थिए। उनले ७६ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए। बलिंगमा पनि उनले १ विकेट लिएका थिए। नेपालको योगफल ७२/६ पुगेपछि ऐरीले २६ औ ओभरबाट ब्याटिंग थाल्दै अन्तिम ओभरसम्म इनिंग सम्हालेका थिए। त्यसक्रममा उनले राजेश पुलामीसंग छैठौं विकेटको लागि ६४ रनको तथा सातौँ विकेटको लागि हसिम अन्सारीसंग ६० रनको साझेदारी गरेका थिए। खेलमा नेपालले बनाएको २१९ रनको जवाफमा नामिबिया १८० रनमा समेटिन पुग्यो र नेपाल ३९ रनले विजयी भयो।

(७) ५९ रन , बिरुद्ध माल्दिभ्स ( एसीसी टि-२० २०१३ )

मात्र २६ बलमा ५९ रन अर्थात् २२६ माथिको स्ट्राईक रेटमा हजारौ नेपाली दर्शकहरुको अगाडी प्रदिपको इनिंग धेरैले याद गर्ने गर्दछन्।  ओपनिंग ब्याट्सम्यानको रुपमा अर्को अर्धशतक आफ्नो नाममा जोड्ने क्रममा ऐरीले माल्दिभ्सको बलिंग तहसनहस पारेका थिए।  ४ छक्का र ८ चौका प्रहार गरेका उनको इनिंगको मद्दतले नेपालले माल्दिभ्स माथि ७६ रनको विशाल जित हात पारेको थियो। ऐरी खेलको प्लेयर अफ द म्याच चुनिएका थिए।

(८) ५८, बिरुद्ध युएई ( एसीसी टि-२० २०१३ , सेमीफाईनल )

एसीसी टि-२० २०१३ को सेमीफाईनल जित्नु नेपालको लागि महत्वपूर्ण थियो त्यसमाथि टियु मैदानमा उर्लिएका हजारौ नेपाली समर्थकहरुले नेपालको जित चाहेका थिए। युएईले १३४ रनको लक्ष्य नेपाललाई प्रस्तुत गर्यो जुन योगफल त्यसबेला प्रतिस्पर्धात्मक थियो। ऐरीले कमाल गरिदिए। ओपनिंग गर्दै प्रदिपले ५८ रनको जिम्मेवार इनिंग खेले र अविजित रहँदै १७.१ ओभरमा नेपाललाई जितसम्म पुर्याए। युएई बिरुद्ध ऐरीको उक्त इनिंग उनले खेलेको उत्कृस्ट पारिमा गनिने गर्छ। नेपालको ६ विकेटको जितमा प्रदिप र पृथु बास्कोटा संयुक्त रुपमा प्लेयर अफ द म्याच चुनिएका थिए।

(९) ६०, बिरुद्ध युगान्डा ( डिभिजन-३ २०१३ , फाईनल )

डिभिजन-३ २०१३ को फाईनलमा प्रदिप ऐरीले खेलेको इनिंग ५० ओभर क्रिकेटमा नेपाली ब्याट्सम्यानले खेलेको महत्वपूर्ण पारिमा गनिने गरिन्छ।  डिभिजन-४ २०१२ र एसीसी ट्रफी २०१२ को उपाधि जितेको नेपाली टिमले २०१३ को डिभिजन-३ प्रतियोगिता जित्दै ५० ओभर प्रतियोगिता उपाधि विजय अभियान जारि राख्न ऐरीको इनिंगले महत्वपूर्ण भूमिका खेलेको थियो। ओपनिंग गरेका प्रदिपले अर्को किनारका ब्याट्सम्यानहरु लगातार आऊट हुँदै गएपनि विकेट जोगाऊदै नेपाललाई जित नजिक पुर्याएका थिए। १५२ रनको लक्ष्य पछ्याउने क्रममा ३०/३ को नाजुक स्थितिमा ऐरी र शरदले ७७ रनको उत्कृस्ट साझेदारी गरेका थिए । प्राय इनिंगमा बल भन्दा रन बढी हुने गरेको प्रदिपले अविजित ६० रन बनाउन ९५ बल खेलेका थिए। इनिंगमा ऐरीले ५ चौका र ४ छक्का प्रहार गरे।

Pradeep Airee
Pradeep Airee

(१०) ७५* ( ६८ ) , बिरुद्ध भुटान ( आईसीसी टि-२० विश्वकप छनौट एसिया क्षेत्र ‘बि’ २०१८ ) 

राष्ट्रिय टिममा २०१५ पछि ३ वर्षमा ऐरीले कम्ब्याक गरेका थिए। २०१३ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा अर्धशतक बनाएका ऐरीले ५ वर्षको अन्तरालमा अर्धशतक बनाएका थिए। खेलको प्लेयर अफ द म्याच समेत चुनिएका ऐरीले ओपनिंग गर्दै अविजित ७५ रन बनाएका थिए जुन क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे। खेलमा नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

यो पनि पढ्नुस :-

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन

अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन

सुबास खकुरेलले खेलेका ९ उत्कृस्ट इनिंग





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]