प्रदिप ऐरी र जितेन्द्र मुखियाको प्रदर्शनले रुपन्देहीको तेस्रो जित

२०७४ चैत्र १३, मंगलवार २१:३९

  • विकेटनेपाल, चैत्र १३ – मंगलबार

धनगढीमा यहि चैत्र १७ गतेदेखि आयोजना हुन लागेको धनगढी प्रिमियर लिग डीपीएलको दोश्रो संस्करणको तयारिको लागि भारतको गोरखपुरमा रहेको रुपन्देही च्यालेंजर्सले लगातार तेस्रो जित हात पारेको छ । यसअघि हिजो भएका दुई खेल अन्तर्गत नासा के  एस ‘ए’ ट्यालेन्ट र रोयल उद्द्यंशलाई पराजित गर्दै रुपन्देही च्यालेंजर्सले सुखद सुरुवात गरेको थियो। आजको खेलपछी टिम नेपाल फर्किएको छ।

आज भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नासा केएसले २० ओभरको समाप्तीमा ८ विकेट गुमाएर ११९ रन बनायो । उसका लागि ओपनर अभिषेक शुक्लाले ३२ रन (४५ बल, २ चौका) बनाएपनि रुपन्देहीका जितेन्द्र मुखियाले उत्कृस्ट बलिंग गर्दै ३ विकेट लिन २ ओभरमा मात्र ३ रन खर्चिएपछी नासा केएस सस्तैमा समेटिएको थियो। यस्तै लेग स्पिनर बिक्रम भुसालले पनि समान ३ विकेट लिन ४ ओभरमा २२ रन र सागर पुनले २ विकेट लिन २० रन खर्चिए।

जवाफमा प्रदिप ऐरीको आक्रामक ब्याटिंगको अगाडी नासा केएस निरिह देखियो। हिजोको २ वटा खेलमा पनि आक्रामक ५८ रन र ३७ रन बनाएका ऐरीले ७७ रन प्रहार गरे र टिमलाई ७ विकेटको जित दिलाए। यसक्रममा उनले मात्र ५५ बलमा ५ चौका र ५ वटै छक्का प्रहार गरे। सागर पुन १४ रन बनाएर आउट भए। १८ ओभरमा च्यालेन्जर्सले लक्ष्य भेटायो।

शक्ति गौचनको कप्तानीमा रहने रुपन्देही च्यालेन्जर्सले डीपीएलमा पहिलो खेल चैत १८ गते दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियासंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेनसको सामना गर्ने छ। खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ।

केहिदिन अघि मात्र आईसीसीबाट मान्यता प्राप्त गरेको दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy