मङ्सिरमा सगरमाथा कप, प्रदेश-१ द्वारा तिन ठूला प्रतियोगिताको घोषणा

प्रदेश नम्बर-१ क्रिकेट संघले यो वर्ष बिभिन्न क्रिकेट गतिविधि आयोजना गर्ने घोषणा गरेको छ।

आइतबार झापामा पत्रकार सम्मेलन गर्दै संघले महिला र पुरुषका तिन वटा क्रिकेट प्रतियोगिताको साथै अवार्ड कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।

संघले आगामी मङ्सिर ७ देखि १७ तारिखमा सगरमाथा कप आयोजना गर्नेछ। टि-ट्वान्टी फर्म्याटमा आयोजना हुने प्रतियोगितामा नेपालका विभागीय टोलि, प्रदेश नम्बर-१ लगायत नेपाल बाहिरका दुई टिमको सहभागिता रहनेछ। विश्वभर प्रतिष्ठित डिजिटल प्लेटफर्ममार्फत प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने समेत बताईएको छ। प्रतियोगिताको आयोजना स्थल भने तय भएको छैन। राउण्ड -रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेताले तिन लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको मिति घोषित गरिएता पनि नेपाल क्रिकेट संघको अनुमति पाउन भने बाँकी रहेको संघका सचिव मनोज कटवालले विकेटनेपाललाई जानकारी गराए।

यस्तै संघले प्रदेशका फ़्रेन्चाइज् टिमहरुलाई समावेश गर्दै प्रदेश-१ सुपर लिग पनि आयोजना गर्नेछ। लिगको मिति र अन्य जानकारी भने छिट्टै घोषणा गरिनेछ।

संघले अन्तर्राष्ट्रिय स्तरको महिला टि-ट्वान्टी प्रतियोगिता टुरिजम कप वुमेन्स टि-ट्वान्टी प्रतियोगिता पनि आयोजना गर्ने जसको घोषणा छिट्टै गरिने कटवालले जानकारी गराए।

यस्तै संघले प्रदेश-१ को क्रिकेट विकासमा बिभिन्न तहबाट योगदान दिएका व्यक्तित्व तथा एक पुरुष र महिला खेलाडीलाई वार्षिक अवार्ड प्रदान गर्ने पनि घोषणा गरेको छ।

“अहिलेसम्म हामीले प्रदेशमा कुनै पनि प्रतियोगिता आयोजना गर्न सकेका छैनौ। हामि खुसि छौँ कि अब प्रतियोगिता आयोजनाको बाटोमा हामी अघि बढेका छौँ जसले आगामी दिन सुनौलो बनाउनेछ।” प्रदेश सचिव तथा पूर्व राष्ट्रिय क्रिकेटर मनोज कटवालले कार्यक्रममा बताए।

संघले लेभिन स्पोर्ट्स प्राइभेट लिमिटेड र बिबिएम स्पोर्ट्स एकेडेमीसंगको सहकार्यमा कार्यक्रमहरु गर्नेछ जो कमर्सियल र स्ट्रेटिजीक पार्टनरको रुपमा रहनेछ।

“हामि नेपाली क्रिकेटलाई व्यवसायिक बनाउन नेपाली घरेलु क्रिकेटमा लगानी भित्र्याउन र स्तरीयता विकास गर्न प्रयासरत छौँ।” लेभिन स्पोर्ट्सका निर्देशक रोशन धितालले बताए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]