प्रदेश स्तरीय क्रिकेटको आय व्यय सार्वजनिक

२६ फागुन राजबिराज ।

प्रदेश क्रिकेट संघ प्रदेश नं. २ संगको समन्वय तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजबिराजमा आयोजना भएको प्रधानमन्त्री कप प्रदेश स्तरीय छनौट पुरुष तथा महिला अन्र्तगतको आयोजना प्रभावकारी रुपमा गरि आय व्यय सार्वजनिक गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनमा काठमाण्डौमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा मंसिर २० देखि २५ गतेसम्म संचालित प्रदेश स्तरीय महिला छनौट प्रतियोगिता अन्र्तगत प्रदेश क्रिकेट संघबाट प्राप्त रकम ३ लाख मध्ये सप्तरी क्रिकेट संघले कुल ५ लाख ११ हजार ३ सय ६४ खर्च गरेको जानकारी संघका अध्यक्ष, सचिव तथा कोषाध्यक्षद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

जारी बिज्ञप्तीमा महिला छनौट अन्तर्गत खानामा १ लाख ७८ हजार ६ सय ५०, खाजा अन्तर्गत ३६ हजार ५ सय आवास अन्तर्गत ९८ हजार, अफिसियल परिचालन अन्तर्गत ८७ हजार, स्वयंसेवक परिचालन १६ हजार ४ सय ५०, मैदान व्यवस्थापन (टेन्ट सभियाना खेल मैदान लगायत) २८ हजार ७ सय १७, यातायात अन्तर्गत २७ हजार ५ सय ६०, अतिथी सत्कार १४ हजार ५ सय ७०, बिविध अन्तर्गत बल, बिकेट फोटोकपी, चुना, मार्किंग टेप लगायतको खर्च जम्मा २३ हजार ९ सय १७ खर्च देखाइएको छ ।

त्यसै गरि पुरुष अन्र्तगत पौष १४ गते देखि २१ गते सम्म संचालित प्रतियोगिताको लागि प्रदेश क्रिकेट संघबाट प्राप्त ४ लाख ८० हजार मध्ये सप्तरी क्रिकेट संघले ८ लाख ५३ हजार ६ सय १७ रुपैया खर्च गरेको छ ।
जस अन्र्तगत खाना खर्च २ लाख ९९ हजार ७ सय ५०, खाजामा ४९ हजार ८ सय ७०, आवासमा १ लाख ६९ हजार ७ सय ८०, अफिसियल परिचालनमा १ लाख १९ हजार ५ सय, स्वयंसेवकमा २६ हजार ५ सय, मैदान व्यवस्थापन अन्र्तगत टेन्ट, सभियाना तथा खेल मैदान लगायतमा ३७ हजार ६ सय, यातायातमा ६७ हजार ६ सय ७०, अतिथी सत्कारमा ४१ हजार ५ सय १५ तथा बिबिध अन्र्तगत बल, बिकेट, फोटोकपी, चुना, मार्किंग टेप लगाययको खर्चमा ४१ हजार ४ सय ३२ रुपैया खर्च गरिएको जारी बिज्ञप्तीमा जनाइएको छ ।
जारी बिज्ञप्तीमा आयोजनामा सहयोग गर्ने सवैमा धन्यवाद दिदै राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ, प्रदेश क्रिकेट संघ प्रदेश नं. २ तथा जिल्ला खेलकुद बिकास समिति सप्तरीलाई समेत धन्यवाद ब्यक्त गरेको छ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]