प्रदेश स्तरीय क्रिकेट : बारालाई उपाधि

२०७७ पुष २९, बुधबार १८:१६

२८ पुष, कलैया ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं. २ अन्तर्गत प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगितामा बाराले पर्सालाई १ सय २७ रनको बिशाल अन्तरले पराजित गर्दै विजयी ट्रफी जितेको छ।

सिद्धेश्वर क्रिकेट मैदान कलैयामा मंगलवार सम्पन्न फाईनलमा बाराले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरको खेलमा ४९ ओभरमा सम्पुर्ण विकेट गुमाई १ सय ७७ रनको योगफल तयार गरेको थियो। बाराका लागि तिर्थराज दासले १ सय २५ बलमा ४ चौका र २ छक्काको मद्धतले ७६ रनको तथा रवि साह ४२ रनको योगदान दिएका थिए ।

बलिंग तर्फ पर्साका अल्फाज मंसुरीले ३ विकेट तथा समसाद अन्सारी र नसरुदिन अन्सारीले सामान २ विकेट लिएका थिए । अन्य बलरमा सैफुल्लाह अन्सारी, हासिम अन्सारी र समसाद मन्सुरीले सामान १ विकेट लिए।

सप्तरीका महबुब आलम प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए

१ सय ७८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको पर्सा आदिल अन्सारीको घातक बलिंग सामु निरिह हुदै २२ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाई ५० रनमै समेटिएको थियो । आदिलले ६ ओभर ५ बलमा २ मेडन सहित ९ रन दिई ५ विकेट लिए । अन्य बलरमा समिर नेपालले २ तथा भुलावन साहनी र कुमार थापाले सामान १ विकेट लिए । कुमार थापाले आफनो ५ ओभरको स्पेलमा ५ वटै मेडन ओभर गरेका थिए । पर्साका लागि सन्तोष कार्किले १३ रन र सोनु अन्सारीले ११ रन बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएनन् ।

खेलको म्यान अफ द म्याच बाराका आदिल अंसारी भएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट बलर बाराका आदिल अंसारी, बेष्ट ब्याटसम्यान महोतरीका रवि सिंह तथा म्यान अफ द सेरिज सप्तरीका मेहबुब आलम भएका थिए । विजेता खेलाडिहरुलाई प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगत, जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसिया, कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, पुर्व अन्तर्राष्ट्रिय खेलाडि पवन अग्रवाल, कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मन्सुरी लगायतले ट्रफि तथा प्रमाण पत्र बितरण गरेका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy