स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

  • चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार

राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले सिरहालाई ९ रनले र धनुषाले महाेतरीलाई ७ रनले पराजित गरेको छ।

शुकवार स्थानिय पबिमाबि खेलमैदानमा पहिलाे खेलमा टस जितेर सप्तरी ले निर्धारित १५ ओभरको खेलमा ५ बिकेट १ सय ४५ रनकाे याेगफल खडा गरेका थिए । जसमा सप्तरीका राेहन बिकले सार्वाधिक ६९ रन आशिष झा २४ रन र महबुव आलमले १३ रन जाेडेका थिए ।बलिंगतर्फ सिरहाका रूपेश सिँह, पार्थिव यादब, अफरूदिन रायन र फतेह सिद्विकीले समान्य १/१ बिकेट लिएका थिए।

जवाफमा सिरहा ले १५ अाेभर पूरा खेल्दै १ सय ३६ रन मात्र बनाउन सक्यो जसमा टिमका लागि राकेश कामत ६७ रन बनाउदै उत्कृष्ट ब्याटिंग गरेपनि जित हात पार गर्न सकेन। बलिंग तर्फ सप्तरीका राहुल मण्डल र बिकास दास ले २/२ बिकेट तथा राेहित सिँह र अनिल यादब ले १/ १ बिकेट हात पारे।

खेलकाे म्यान अफ दि म्याच सप्तरीका राेहन बिक घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

आजै सम्पन्न दाेस्राे खेलमा टस जितेर महाेतरीले १४ ओभर ६ बलमा सबै बिकेट गुमाई १ सय ६ रनकाे याेगफल खडा गरे । जसमा अभिषेक तिवाडी ले उत्कृष्ट खेलदै ५७ रन बनाएका थिए भने रबि प्रताप सिँहले १० रन जाेडे। बलिंगतर्फ धनुषाका विशाल सुशलिंगले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट लिएका थिए भने रूपेश यादब २ तथा दिब्यान्सु मलिक, आकाश राय र श्यामन राय ले १/१ बिकेट हात पारे। जवाफमा धनुषा ले १४ अाेभर १ बलमा ३ बिकेट गुमाएर जित हासिल गर्यो जसमा विशाल सुश्लिंग ले अविजित ५६ रन, राेनक रत्नम २२ र हेमन्त ले १२ रन बनाउदै अविजित रहेप। बलिंगतर्फ महाेतरीका नितेश यादब र रबि प्रताप सिँह ले १/१ बिकेट हात पारे।

खेलकाे म्यान अफ दि म्याच धनुषाका विशाल सुश्लिंग घाेषित भएका थिए।

अाजै पहिलाे खेलकाे उदघाटन महिला,बालवालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिँह र नेपाली काँग्रेस जिल्ला अध्यक्ष रामदेव साह ले संयुक्त रूपमा ब्याटिंग र बलिंग गर्दै उदघाटन गरेका थिए।

सप्तरी क्रिकेट सँघकाे अायाेजना तथा मधेश प्रदेश क्रिकेट सँघ काे समन्वय र महिला, बालवालिका, युवा तथा खेलकुद मन्त्रालयकाे सहयाेगमा अायाेजित प्रतियाेगितामा मधेश प्रदेश का ८ जिल्ला का टिमहरूकाे सहभागिता रहेकाे छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]