प्रकाशको अपत्यारिलो बलिंग, कर्णालीको संघर्षपूर्ण जित

प्रकाश जैसीले अपत्यारिलो बलिंग गर्दा प्रदेश-२ लाई पराजित गर्दै कर्णाली प्रदेशले प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सान्त्वना जित दर्ता गरेको छ। हार पछि कर्णाली संगै प्रदेश-२ को पनि फाइनल पुग्ने सम्भावना सकिएको छ। लिग चरणको सबै ६ खेल खेल्दा कर्णाली र प्रदेश-२ ले समान २ जित र ४ हार बेहोर्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले दिएको ४६ रनको लक्ष्य कर्णालीले ८ विकेट गुमाएर १३.३ ओभरमा भेटायो। कर्णालीको लागि प्रकाश जैसीले १६, राज शाहले अविजित ६, बिपिन रावलले ५ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा कर्णालीले पहिलो ४ विकेट १७ रनमै गुमाएको थियो। प्रकाश जैसीले पाँचौ विकेटको लागि अनुज चनारासंग १६ रनको साझेदारी गरे। त्यसपछि पुनः लगातार गुम्दा कर्णाली ३४/७ को अवस्थामा पुग्यो। त्यसपछि राज शाहले आठौँ विकेटको लागि रुपक दाहालसंग ११ रनको साझेदारी गरे।

प्रदेश-२ को बलिंगमा राजेश यादवले ६ विकेट ( ६.३-१-१२-६ ) लिए भने बिबेक यदवले ७ विकेट ( ७-०-३३-२ ) लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-२ ले १३.४ ओभरमा ४५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। उसको लागि सन्नी शाहले १२ तथा सन्तोष कार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। दशौँ विकेटको लागि सन्नीले राजेश यादवसंग गरेको १६ रनको साझेदारी इनिंग्सको सर्वाधिक रह्यो।

कर्णाली प्रदेशका बलर दायाँ हाते पेसर प्रकाश जैसीले ८ विकेट हात पारे। प्रतियोगिताकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा जैसीले ६.४ ओभरमा ३ मेडन ओभर गर्दै १६ रन खर्चिए। प्रतियोगिताकै मुलपानीमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशका देब्रे हाते पेसर मोहम्मद हुसेनले गण्डकी प्रदेश बिरुद्ध १४ रन खर्चेर ७ विकेट लिएका थिए। यस्तै अर्का पेसर अनुज चनाराले २ विकेट ( ७-१-२९-२ ) लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy