सुदूरपश्चिम रोयल्सको सिइओमा खड्का नियुक्त

नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सिइओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र खड्काबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहनु भएको छ । उहाँले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्व र अनुभवले सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाईमा पुर्याउने विश्वास लिएको रोयल्सले जनाएको छ । सुदूरपश्चिम रोयल्स मंसिरमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोली हो ।

सुदूरपश्चिमको पहिचान बोकेर एनपिएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको सिइओ खड्काले बताउनुभयो । ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ । अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ,’ उहाँले भन्नुभयो ।

मालिक शाहले सम्झौता पछि भन्नुभयो, ‘प्रकाश खड्का जीसँग धनगढी प्रिमियर लिग (डिपिएल) व्यवस्थापनको अनुभव छ । उहाँको आगमनले हाम्रो टोलीको व्यवस्थापन थप चुस्त हुने विश्वास छ।’ टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा हुनुहुन्छ ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]