प्रकाश र सुबास चम्किंदा लुम्बिनी बिरुद्ध कर्णालीको विशाल जित

लुम्बिनी प्रदेशलाई १४० रनको विशाल अन्तरले पराजित गर्दै कर्णाली प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको लुम्बिनीले दोश्रो खेलमा भने हार बेहोर्यो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले २३.५ ओभरमा ९२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। लुम्बिनीको लागि प्रज्वल थापाले सर्वाधिक २८, दुर्गेश गुप्ताले २० तथा आकाश त्रिपाठीले १५ रन योगदान दिए। ४० रनमा ७ विकेट गुमाएपछि दुर्गेले एक किनार सम्हालेता पनि अर्को किनारमा लगातार विकेट गुम्न पुग्यो।

कर्णाली प्रदेशको बलिंगमा दायाँ हाते पेसर प्रकाश जैसीले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ९ ओभरमा ४३ रन खर्चिए। युनिश सिंहले ३ विकेट ( २.५-०-८-३ ) तथा अनुज चनाराले २ विकेट ( ७-१-३२-२ ) लिए।

सुबास ऐयर

यसअघि टस जितेर पहिले ब्याटिंग रोजेको कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । कर्णालीको ब्याटिंगतर्फ सुवास ऐरले ९० बलमा ९ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ७६ रन बनाए । यस्तै, कप्तान निश्चल रावलले ४४ (९९) तथा ओपनर बिपिन रावलले ३२ (२६) रनको योगदान दिए ।

पहिलो ओभरमै कर्णालीका ओपनर मनिष थापा खाता नखोल्दै आउट भएता पनि अर्का ओपनर बिपिन रावलले आक्रामक ब्याटिंग गर्दै कर्णालीको इनिंग्स सम्हाले । राम्रो लयमा देखिएका उनलाई दुर्गेश गुप्ताले विकेटकिपर प्रज्ज्वल थापाबाट क्याच आउट गराए । त्यसपछि सुवास ऐर र निश्चल रावलले तेस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै कर्णालीको इनिंग्स उकासे ।

३६ औं ओभरमा वासिम अहमदले ऐरलाई बोल्ड आउट गर्दै साझेदारी तोडे । लगत्तै ३९ औं ओभरमा रावल पनि बिशाल बिक्रम केशीको बलिंगमा क्याच आउट भए । त्यसपछि लुम्बिनी खेलमा हावी बन्यो । अन्तिममा प्रकास जैशीले २५ रन बनाउँदै कर्णालीको योगफल २०० पार गराए । १६१ रनमा ३ विकेट गुमाएको कर्णालीले २०९ रनमा ७ विकेट गुमाउँन पुगेको थियो ।

लुम्बिनीको बलिंगतर्फ बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले ९ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । यस्तै, किफायती बलिंग गरेका बिशाल बिक्रम केशीले २ तथा वासिर अहमद र मोहम्मद हुसैनले समान १ विकेट हात पारे ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]