प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

समुह ‘बि’ बाट समुह विजेताको रुपमा यस अघिनै ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेश सेमीफाइनल प्रवेश गरेको थियो। सेमीफाइनलमा अब पुलिसले समुह ‘ए’ को विजेताको तथा बागमतीले समुह ‘ए’ को उपविजेताको सामना गर्नेछ। समुह ‘ए’ बाट एपीएफ र आर्मी बीचको खेल जित्ने टिम विजेता र हार्ने टिम उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। प्रदेश-२ भने सबै ४ वटा खेलमा पराजित हुन पुग्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले दिएको १७० रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर ३८ ओभरमा भेटायो। स्कोरकार्डअंकतालिका 

पुलिसको जितमा विकेटकिपर ब्याट्सम्यान अनिल साहले सर्वाधिक अविजित ४७ रन बनाए। यस्तै कुशल भुर्तेलले ४३, दिपेन्द्र ऐरी र अमित श्रेष्ठले समान १७ रन, सुनिल धमलाले १३ तथा मन्जित श्रेष्ठले अविजित १२ रन योगदान दिए।

सुनिल धमला र कुशल भुर्तेलले ४६ रनको ओपनिंग साझेदारी गरेता पनि पुलिसले त्यसपछि नियमित अन्तरलमा विकेट गुमाएको थियो। चौथो नम्बरमा आएका अनिलले एक किनार सम्हाल्दै टिमलाई जितसम्म पुर्याए।

Lalit Rajbanshi

प्रदेश-२ को बलिंगमा बिबेक यादब र कुमार थापाले समान ३ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाएको थियो। पिच भिजेकाले खेल ढिला सुरु हुँदा ४७ ओभरमा घटाइएको थियो।

प्रदेश-२ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ५३ रन योगदान दिए जुन क्रममा ८४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। उनले यस अघि सुदूरपश्चिम बिरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए। हिमांशु दत्ताले १६, आदील अन्सारीले १५ रन, सुरज कुर्मीले १३ रन, रभी सिंह र बिशाल सुश्लिंगए समान १२ रन योगदान दिए।

पुलिसको बलिंगमा ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ८ ओभरमा १ मेडन ओभर गर्दै ३७ रन खर्चिए। सागर ढकालले २ तथा पवन सर्राफले १ विकेट लिए।

स्कोरकार्डअंकतालिका 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]