चितवनलाई जिताउन प्रशान्तको शतक, युनाइटेडद्वारा ओएसिस पराजित

  • विकेटनेपाल, मङ्सिर १० – सोमबार

मिलानो नेक्सस कप यु-१६ टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिन सम्पन्न खेलहरुमा चितवन क्रिकेट एकेडेमी, चितवन र युनाइटेड क्रिकेट एकेडेमी, बिरगंजले जित दर्ता गरेकाछन्।

प्रशान्त महतको शतकमा चितवन एकेडेमीद्वारा वेष्टर्न एकेडेमी पराजित

मुलपानी मैदानमा सम्पन्न खेलमा चितवन क्रिकेट एकेडेमीले वेष्टर्न क्रिकेट एकेडेमीलाई ८९ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको चितवन क्रिकेट एकेडेमीले प्रशान्त महतको १०२ रनको विस्फोटक पारीको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर प्रतियोगिताकै सर्बाधिक धेरै १७५ रन बनाएको थियो। उनले ५५ बलको सामना गर्दै १३ चौका र ५ छक्काको मद्दतमा बनाएको रन प्रतियोगिताकै पहिलो शतक हो। त्यस्तै उत्सब श्रेष्ठले पनि ७ चौका र १ छक्काको मद्दतमा ५० रन बनाएका थिए। बलिङतर्फ बुटवलका सन्देश थापाले ३ बिकेट लिएका थिए।

१ सय ७६ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको वेष्टर्न क्रिकेट एकेडेमी, बुटवलले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा मात्र ८६ रन बनाउन सक्यो। बेष्टर्नका बिजय बस्नेतले २६ रन, सिमान्त शाहीले २० रन र प्रकाश गिरीले १५ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन। बलिङतर्फ चितवनका साजन गुरुङले ३ विकेट र सोप्नील अधिकारीले २ विकेट लिएका थिए। म्यान अफ दि म्याच घोषित प्रशान्त महतलाई नेक्सस क्रिकेट एकेडेमीका प्रबन्धक सरस्वती शाहीले ट्रफी प्रदान गर्नु भएको थियो ।

युनाइटेड क्रिकेट एकेडेमी बिरगंजद्वारा ओएसिस पराजित

सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको ओएसिस क्रिकेट एकेडेमी काठमाण्डौले निधारित २० ओभरमा ८ विकेट गुमाउदै ८९ रन बनाएको थियो। ओएसिसका सम्राट भुषालले ५२ बल खेल्दै ३ चौकाको सहयोगमा ३९ रन बनाएका थिए भने बिशाल लिम्बु २३ रन र दिपेश कडेलले १४ रन बनाए। अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन नसक्दा टिम सानो स्कोरमा समेटिएको थियो। बिरगंजका साहजाद मन्सुर र सम्साद मन्सुरले समान २/२ विकेट र निखिल सिङघले १ विकेट लिएका थिए। ओएसिसका ३ ब्याट्सम्यान रन आउट भएका थिए।

जवाफी ब्याटिङमा बिरगंजका म्यान अफ दि म्याच घोषित मोहमद समिरले ३० बलमा ५ चौका २ छक्का प्रहार गर्दै ४७ को पारी खेलेका थिए। अर्का ब्याट्सम्यान सर्फराज मन्सुरले ३४ रन बनाउदा १४.१ ओभरमै लक्ष्य भेट्टाएको थियो। युवा ब्यबसायी कमल भुषाले ले मो.समिर लाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गर्नु भएको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]