यु-१९ विश्वकप एसिया छनोट प्रतियोगिता आयोजना गर्ने क्यानले प्रस्ताव गर्ने

वेस्टइन्डिजमा २०२२ मा आयोजना हुने अन्डर-१९ विश्वकपको लागि यो वर्ष सेप्टेम्बरमा आयोजना हुने एसिया छनोट प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघले आईसीसी समक्ष प्रस्ताव राख्ने भएको छ।

यस अघि युएईमा आयोजना हुने तय भएता पनि सेप्टेम्बरमा युएईले आईपीएल तथा त्यसलगत्तै टि-२० विश्वकप आयोजना गर्ने भएको हुँदा प्रतियोगिता युएईमा हुने सम्भावना कम रहेको छ। यस्तै प्रतियोगिता सर्ने पनि सम्भावना रहेको छ।

नेपाल क्रिकेट संघको भर्चुवल मिटिंगमा आईसीसी समक्ष नेपाल प्रतियोगिता गर्न सक्षम छ भनेर प्रस्ताव गर्ने कुरा उठेको हो। क्यान अध्यक्ष चतुर बहादुर चन्दले विकेटनेपालसंग कुरा गर्दै बैठकमा प्रतियोगिता आयोजना गर्न प्रस्ताव गर्ने कुरा उठेको स्वीकार गरेका छन्।

“बैठकमा कुरा उठेको हो तर अधिकारिक रुपमा प्रस्ताव भने गरेका छैनौँ। युएईले प्रतियोगिता आयोजना गर्न नसकेको खण्डमा हामि आयोजना गर्न सक्षम रहेको जानकारी पहिले आईसीसीलाई गराउने हो।” चन्दले बताए।

“आईसीसीले छनोट प्रतियोगितानै नगरी बिगतको प्रदर्शनको आधारमा विश्वकपको लागि टिम छनोट गर्ने समेत कुरा सुनिएको छ। त्यसैले हामीले आईसीसी समक्ष नेपालले आयोजना गर्ने प्रस्ताव गर्ने र यदी आईसीसीले सकारात्मक जवाफ दिए नेपालले अधिकारिक प्रस्ताव पठाउने हो।” उनले थपे।

चन्दका अनुसार यस अघि नेपालले आईसीसी तथा एसीसीको प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न गरिसकेको हुँदा आयोजना गर्न क्यान सक्षम छ। नेपालले आयोजना गर्ने अवसर पाए टियु अन्तर्राष्ट्रिय मैदान र मुलपानी मैदानमा आयोजना गर्न सकिनेछ।

नेपालले पहिलो र अन्तिम पटक एक भन्दा बढी मैदान प्रयोग गरेर आईसीसीको प्रतियोगिता आयोजना गरेको सन् २०१० को विश्व क्रिकेट लिग डिभिजन-५ प्रतियोगिता रहेको थियो। त्यसबेला क्यानले टियु मैदान किर्तिपुर, पुल्चोक इन्जिन्यरिंग मैदान र बिरेन्द्र सैनिक क्रिकेट मैदान भक्तपुर गरि तिन वटा मैदानमा खेलहरु आयोजना गरेको थियो। तर पछिल्लो केहि वर्ष यता बिरेन्द्र सैनिक मैदान र पुल्चोक मैदानमा राष्ट्रिय स्तरको खेल आयोजना हुने गरेको छैन। टियु मैदान बाहेक नेपालसंग स्तरीय प्रतियोगिता आयोजना गर्न मैदानको अभाव रहेको छ।

अध्यक्ष चन्दले आयोजना गर्ने अवसर पाए चुनौतीपूर्ण भएता पनि तयारी गर्ने समय पाए मैदान तयार गर्न सकिने बताए –

“बिगतमा हामीले उपत्यका भित्र मैदानहरुलाई उपयोग गरेर उमेर समुह प्रतियोगिता आयोजना गरेका थियौं। टुडीखेलमा समेत एसीसी यु-१९ आयोजना गरेको इतिहास छ। त्यसैले आयोजनाको अवसर पाए मुलपानी मैदानलाई टियु पछिको दोश्रो मैदानको रुपमा तयार गर्न सकिनेछ। प्रथम कुरा आईसीसीले हामीलाई अवसर दिनु पर्यो त्यसपछि अन्य कुरा हुने हो।”  अध्यक्ष चन्दले बताए।

एकदिवसीय फर्म्याटको यु-१९ विश्वकप एसिया छनोटमा नेपाल सहित मलेसिया, युएई, ओमान, सिंगापुर र कुवेत गरि ६ टोलिको सहभागिता रहनेछ। यस अघि थाइल्याण्डमा आयोजना हुने भनिएको यु-१९ विश्वकप एसिया छनोट डिभिजन-२ प्रतियोगिता कोरोनाका कारण आयोजना नभएपछि बिगतको प्रदर्शनको आधारमा ओमान र सिंगापुर एसिया छनोट खेल्न छानिएको हो।

सन् २०१६ मा सम्पन्न अन्डर-१९ विश्वकपमा पछिल्लो पटक सहभागिता जनाएको नेपाल त्यसपछि २०१८ र २०२० को यु-१९ विश्वकपमा भने छनोट हुन असफल रह्यो। २०१९ को यु-१९ विश्वकप छनोट एसिया प्रतियोगितामा नेपाल दोश्रो हुँदा पहिलो स्थानमा रहेको युएई यु-१९ विश्वकप खेल्न छनोट भएको थियो। सो प्रतियोगितामा नेपाल युएईसंग दुर्भाग्यपूर्ण १ रनले ( डीएल मेथड ) पराजित हुन पुगेको थियो जुन हारनै विश्वकप छनोट नहुनु पछाडीको कारण बन्न पुगेको थियो





थप समाचार

दिल्लीलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई पराजित गरेको छ । घरेलु […]

परागको अर्धशतकमा दिल्लीले पायो १८६ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई १ सय ८६ रनको लक्ष्य […]

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए को नेपाल ‘ए’ सँगको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ […]

आइपीएल : राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत नवौं खेलमा आज (बिहिबार) राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भिडन्त […]

नेपाल ए र आयरल्यान्ड ए भिड्दै

काठमाडौं । नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड ए विरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (बिहिबार) खेल्दैछ । […]

चाैका र छक्काको वर्षा भएको खेलमा मुम्बईमाथि हैदराबादको जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को आठौं खेलमा सनराईजर्स हैदराबादले मुम्बई ईन्डियन्सलाई पराजित गरेको छ । घरेलु मैदान […]